हात्तीबाट हुनसक्ने मानविय क्षती रोक्न बडुवाल टोलमा स्थानियहरुको ‘सामुदायिक सुरक्षा गस्ती’


दोधारा । हात्ती आतंकबाट सुरक्षाका लागि दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलका स्थानियहरुले रातीको समयमा गस्ती संचालन गरेका छन् । उनिहरुले बडुवाल टोल बस्तीको ४ स्थानमा सामुदायिक वन्यजन्तु सुरक्षा समिति निमार्ण गरि रातीको समयमा निरन्तर गस्ती संचालन गर्न थालेका हुन् । स्थानियहरुले आधिकारिकरुपमा समिति निमार्ण गरि सुरक्षा गस्ती संचालन गरेका हुन् । सुक्रवार दोधारा चाँदनी नगरपालिका– ३ का वडा सदस्य लक्ष्मी राना क्षेत्रीको अध्यक्षतामा बसेको एक भेलालले बस्तीको ४ स्थानमा रहने गरि सामुदायिक वन्यजन्तु सुरक्षा समिति गठन गरेको स्थानियहरुले बताएका छन् ।

समितिमा प्रेम कामी, डब्बु सार्की, कलावती जोशी, लाल बहादुर राना क्षेत्री, जयन्ती देबी लोहार, अमर बहादुर सुनार, देशराज जोशी, सन्तोष शाही, गिता ठकुरी, बिक्की खत्री, सुना सुनार, मोहन सुनार, शंकर सुनार, पुजा मगर, कमल सुनार, बिर बहादुर कठायत, हिष्ठ सुनार, रमेश जैशी, उमेश जैशी, तारा मगर, जयसरा लोहार गरि सबै टोलका स्थानियहरुलाई समेटेर सुरक्षा गस्ती संचालनको लागी सामुदायिक वन्यजन्तु सुरक्षा समिति गठन गरिएको दोधारा चाँदनी नगरपालिका– ३ का वडा सदस्य लक्ष्मी राना क्षेत्रीले बताएका छन् । नियमित गस्ती गर्ने, जंगली हात्ती आउने बाटोको निगरानी गरेर ठाँउ–ठाँउमा आगो बाल्ने, सायरन बजाउने, आगोको राँको बाल्ने, सिठ्ठी बजाउने कार्य गर्दै स्थानियहरुको धनमाल संग मानविय क्षती रोक्न सरोकारवाला संग समन्वय गर्न उक्त समितिको रहने बताईएको छ् ।

बडुवाल टोलको गणेश आधारभुत बिद्यालयको प्रांगणमा बसेको भेलमा दोधारा चाँदनी नगरपालिका– ३ का वडा सदस्य लक्ष्मी राना क्षेत्री तथा स्थानियहरुको बाक्लो उपस्थिती रहेको थियो । भारत संग जोडिएको सिमा बस्ती बडुवाल टोलका स्थानियहरुले जंगली हात्तीले जनधनको क्षति गर्न थालेपछि स्थानियहरुले हात्ती धपाउन गस्ती संचालन गर्न थालेका हुन् ।

रातको समयमा आउने हात्तीको समूहले जनधनको क्षति गर्दै घर भत्काउने, अन्नबाली खाइदिने, लत्ताकपडा, भाँडाकुडा नोक्सान गर्ने क्रम बढेपछि सुरक्षाका लागि गस्ती गर्न सामुदायिक वन्यजन्तु सुरक्षा समिति गठन गरेका हुन् ।


ताजा समाचार

spot_img