दोधारा चाँदनीमा ‘जनता संग माओवादी विशेष रुपान्तरण अभियान’ का लागि सम्पर्क कार्यालय


दोधारा । दोधारा चाँदनी नगरपालिकामा नेकपा माओवादी केन्द्रले संचालन गर्ने अभियानको तयारी तिव्र रुपमा अघि बढाएको छ। माओवादी केन्द्रले भदौँ दोस्रो सातादेखि संचालन गर्ने ‘जनता संग माओवादी विशेष रुपान्तरण अभियान’को तिव्र तयारी भईरहेको छ । नेकपा माओवादी केन्द्र सुप प्रदेशका सदस्य बिरेन्द्र बिसीले तीन महिने अभियान संचालनका लागि मंगलबार सम्पर्क कार्यालय उद्घाटन गरिएको बताए ।

उनका अनुसार माओवादी केन्द्र दोधाराचाँदनी नगरका अध्यक्ष भक्त बहादुर सुनारको अध्यक्षतामा केन्द्रीय सदस्य तथा पालिका इन्चार्ज हरि श्रीपाईलीको प्रमुख आतित्यमा दोधाराचाँदनी नगरपालिका ५ क्षेत्रमा स्थापना गरिएको बताए । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरि श्रीपाईली, प्रदेश सदस्यहरु कौसिल्या ओझा, बिरेन्द्र बिसी, भुवन कुँवर, कृष्णदत्त जोशी(बोक्सर), विवेक लम्साल सहितका नेताहरुले पाटी केन्द्रको योजना अनुरुप पालिकामा अभियान संचालन गरिने बताएका छन ।

‘अभियानका लागि कार्यालय स्थापना भईसकेको छ, ‘उनले भने, ‘अब निरन्तर जनताको घरदैलोमा पुगेर अभियानमै खट्छौँ ।’


Loading Viewer...

ताजा समाचार

spot_img