बडुवाल टोल नजिक एसएसबी पोष्टबाट आधुनिक हतियार सहित फरार भएका जवान १४ घण्टा पछि फेला


दोधारा । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडुवाल टोल नजिक रहेको भारतिय सिमा सुरक्षा बल (एसएसबी) सिमलघाटका एक जवान दुधिया रमेश हतियार सहित बेपत्ता भएको १४ घण्टा पछि फेला परेका छन् । भारतिय सिमा सुरक्षा बल (एसएसबी) सिमलघाट बिओपीबाट आईतवार राती १० तिर बजे एक थान ईन्सास राईफल र २० थान गोली सहित बेपत्ता भएका हुन् । सोमवार राती देखिनै दुधिया रमेश नाम गरेको एसएसबी जवान खोजी कार्यमा भारतिय सिमा सुरक्षा बल एसएसबीको टोली लागेको हो । आज बिहान एसएसबीको टोली भारतिय जंगलमा र नेपाल प्रहरी र सशस्त्र प्रहरीले सिमलघाटका आसपास नेपाली बस्तीहरुमा उनको खोजी गरेको हो । आईतवार राति १० बजेतिर हतियार सहित फरार जवान सोमवार दिउसो जंगलमा भेटिएका हुन् ।

भारतिय सिमा सुरक्षा बल (एसएसबी) सिमलघाट बिओपी नजिकै जंगलमा सोमबार दिउसो करिब १२ बजेतिर हतियार सहित जवान भेटिएका छन् । राति बिओपी बाट हतियार सहित जवान बेपत्ता भएपछि एसएसबीले नेपाल तर्फ भाग्न सक्ने वा भागेको आशंकामा सीमा क्षेत्रमा निगरानीका साथै नेपाली भूमिमा खोजी कार्यका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खबर गरेका थिए । सशस्त्र प्रहरी र जनपद प्रहरीले दोधारा चाँदनी नगरपालिका क्षेत्रको नेपाल–भारत सिमा कडा गरि निगरानी बढाएको थियो ।

१४ घण्टा पछि सिमलघाट बिओपी नजिकै जंगलमा हतियार सहित जवान सकुसल फेला परेको सुरक्षा श्रोतले जानकारी दिएको छ् । ड्युटीमा तैनाथ जवान फरार हुनुको कारण खुल्न सकेको छैन् । हतियार सहित एसएसबी पोष्टबाटै जवान फरार भएपछि एसएसबीमा खैलाबैला मचिएको थियो । भारतिय सिमा सुरक्षा बल एसएसबीका डीआइजीनै बिओपी सिमलघाट पुगेको खबर प्राप्त भएको छ् ।


ताजा समाचार

spot_img