अझै रोकिएन बडवाल टोलमा हात्तीको आतंक : हुलको हुल जंगली हात्ती बस्तीमा


दोधारा । जब रात छिप्पिदै जान्छ तब बडवाल टोलबासीमा त्रास बढ्दै जान्छ् । कताबाट हात्तीको हुल आएर अन्नबाली खाएर आफू बसेको घर भत्काइदिन्छ भन्ने डर उनीहरुमा सुरु हुन्छ् । रातिको समयमा बडवाल टोलका आशा थापा हातमा टर्च लिएर घरवरिपरी उज्यालो बाल्छिन् । नजिकै रहेको भारतीय जंगलबाट वन्यजन्तुको बथानले अन्नबाली संगै घर भत्काउने डरले आशा थापाले घर नजिकै रात्रिको समयमा ठूलो उज्यालो गर्ने बत्ती जलाउछिन् । रातीको समयमा जाग्राम बस्न उनी बाध्य छिन्  । ‘के गर्नु जंगली हात्तीले कति बेला रातिको समयमा आएर घर भत्काउछन् भन्ने डर मनमै हुन्छ’, आशा थापाले भनिन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडवाल टोलमा विगत लामो समय देखि मानव र वन्यजन्तु बीच द्वन्द्व चलिरहेको छ् । तर उनीहरुको पीडा सुन्न कोही तयार छैनन् । हात्तीले खेती नष्ट गर्न थाले संगै जनप्रतिनिधी र नेताहरुले अनुगमन गर्दै आएपनि समस्या निश्कर्ष बिहिन बन्दै आएको छ् । हात्तीको हुल वर्षेनी आउदै गर्दा केही ३ वर्ष अघि मात्रै संघीय सरकारको बजेटले बडवाल टोलमा सोर्यबत्ती जडान गरिएको छ् । जडान गरिएको सोर्यबत्ती अहिले आएर बिग्रीएको छ् । बडवाल टोलबासीले सोर्यबत्तीको उज्यालोको कारण हात्ती बस्तीमा पसेको थाहा पाउने गरेका छन् । खेतमा अन्नबाली हरियो हुने बित्तिकै जंगली हात्तीको बथान बस्तीमा पस्दै आएको छ् । यो क्रम अझै सम्म नरोकिएको स्थानीयहरुले बताउदै आएका छन् । बडवाल टोल संगै जोडिएको भारतीय जंगलबाट समसाँझै आउने हात्तीको बथानले विगत लामो समय देखि सताउनु सताएको छ्  । घर नजिक भारतीय जंगलमा हात्तीको बथानको आवाजले बडवाल टोलबासी मानविय क्षती हुनेमा त्रसित बन्दै आएका छ्न् ।

बस्तीमा विगत लामो समय देखि मानव र वन्यजन्तु बीच द्वन्द्व सुरु भइरहेको छ् । खेतमा धान र मकै हरियो हुन थालेपछि बडवाल टोलमा हात्तीको ठूलो हुल रातिको समयमा पसेर खेतीवाली पुर्णरुपमा क्षती गर्छ् । दर्जनौं किसानहरुले लगाएको अन्नबाली एकै रातमा नष्ट गर्छ् । यो हिजो आजको मात्रै समस्या हैन् । विगत लामो समय देखि बडवाल टोलबासीको हात्तीको त्रासद्धिबाट आजित छन् । इस वर्ष दुई साता देखि हात्तीको बथानले आशा राना क्षेत्री, लक्ष्मी राना क्षेत्री, गोल्मा सुनार, प्रेम कामी, सपना सुनार, दिलसरा घर्ती मगर, जयन्ती लुहार, पदम कमी, प्रेम सुनार, जयसरा लुहार, हरि सुनार, बिन्दु मगर, गिता जैशी, बिक्की जैशी, शान्ती सुनार, आशा थापा, सरस्वती थापा मगर, देबराज जोशी, गिता सिंह ठकुरी, चन्ऽकला घर्ती मगर, नर बहादुर मगर, महाबिर क्षेत्री, कमला सुनार लगाएत दर्जनौ किसानहरुको धान तथा मकै खेतनी खाएर, उद्यनेर नष्ट गरेको छ् । हात्ती धपाउन रातको समयमा स्थानीयहरु रातीको समयमा जाग्रम बस्दै आएका छन् । समूह–समूहका जम्मा भएर अबेर बिहान सम्म स्थानीयहरु हात्ती धपाउदै आएका छन् ।

‘जंगली हात्ती राति सुतेको बला आएर घरमै आाक्रमण त्रास बढ्दो छ’, स्थानीय आशा राना भन्छिन्, ‘कतिबेला सुतेको बेला आएर हात्तीको हुलले एकै श्वास बनाउने हो थाहै छैन् ।’ रातिको समयमा हुल बाँधेर आएको हात्तीको बथानले एक क्षणमा बाली नष्ट गर्दा किसानहरुलाई वर्षभरि खानाको समस्या खेप्दै आएका छन् । दोधारा चाँदनी नगरपालिकालाई सरकारले मध्यवर्ती क्षेत्र घोषणा गरिसकेको वर्षौ भईसक्यो । तर बडवाल टोलका हात्तीपीडितहरुले समस्या समाधान तथा राहत नपाएको उनीहरु गुनासो छ् । ‘मध्यवर्ती क्षेत्रका बासिन्दालाई वन्यजन्तुबाट जोगाउन सञ्चालित कार्यक्रमबाट हामीलाई कुनै पनि प्रकारको राहत पाएका छैनौं’ बडवाल टोलका किसानहरु भन्छन् ।

२०५५ सालमा नगरपालिकालाई मध्यवर्ती क्षेत्र घोषणा गर्दा वन्यजन्तुबाट जिउ धनको सुरक्षा संगै खेती बालीको सुरक्षा हुने स्थानीयको आशा थियो । वन्यजन्तु संरक्षण संगै आयआर्जन कार्यक्रमबाट खुशी हुनेमा सर्वसाधारण विश्वस्त थिए ।

तर मध्यवर्ती क्षेत्र घोषणा गरेको दशक बित्न लाग्दा पनि वन्यजन्तुले गर्दै आएको क्षतिको विषयमा सरोकारवालाले स्थानीय किसानहरु राहत तथा क्षतिपूर्ति नदिएको गुनासो बढ्दो छ् ।


ताजा समाचार

spot_img