कञ्चनपुर : भीनपा –४ पुरानो बसपार्क कञ्चनपुर खोका छाप्रा उद्धार समिति स्थित रहेको एक घरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । शनिबार बिहान करिब ८ बजे मःमःको लागि अचार बनाउने क्रममा ग्यास सिलिन्डर लिक हुदाँ आगो लागेको गणेश राज जोशीले बताए । आगलागी हुँदा जग्गा किन्नको लागि राखेको नगद रु. दुईलाख सहित कोठामा रहेका लता, कपडा लगायत सम्पूर्ण समानको नष्ट भएको छ ।

उक्त घरमा जोशी मःमः सेन्टरका सञ्चालक गणेशराज जोशी डेरामा बस्दै आएका थिए । जोशी र जोशीका भाइको परिवार सहित सात जना बस्दै आएका थिए । जसमा तिन बालबालिका पनि रहका थिए । आगलागी हुँदा ८ वर्षीय बालिका बेबिना जोशी र तिन वर्षीय हिमांशु जोशी घर भित्र रहेका थिए । उनीहरूमै आगो लागि रहेको अवस्थामा हामफालेर ज्यान जोगाउन सफल भएका थिए । उक्त घरमा डेरामा बस्दै आएका केशव जोशी सहित सात जना रहेका छन् । घटनाको समयमा जोशीको छोरी भित्र भए पनि स्थानीयले उनलाई बचाउन सफल भएका थिए । नेपाल प्रहरी, शस्त्र प्रहरी, दमकल र स्थिानियको सहयोगमा आगो निभाउन सफल भएका थिए ।







