नेफिन साउदीको आज पाचौँ राष्ट्रिय महाधिवेशन

नेफिन राष्ट्रिय समन्वय परिषद, साउदी अरबको आज अगस्ट १८ तारिक का दिन पाँचौ राष्ट्रिय महाधिवेशन सफ्वा साउदी अरब आयोजना हुँदै


 

पदम बहादुर महता / साउँदी
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन), राष्ट्रिय समन्वय परिषद, साउदी अरबको पाचौं राष्ट्रिय महाधिवेशन आज आयोजना हुने भएको छ।

“आत्मनिर्णयको अधिकारका लागि परिवर्तनका सम्वाहक युवा” भन्ने मुल नाराका साथ “२९ औं विश्व आदिवासी दिवस” एवम् पाचौं राष्ट्रिय महाधिवेशन आज आयोजना हुदैछ।

विभिन्न नेपाली मौलिक संस्कार, संस्कृति झल्किने सांस्कृतिक कार्यकमका साथ पाचौं राष्ट्रिय महाधिवेशन आज अगस्ट १८, शुक्रबारका दिन आयोजना हुने कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको महासंघले जानकारी दिएको हो।

आयोजकका अनुसार , सफ्वाको सादी रिसोर्टमा ‘२९औं विश्व आदिवासी दिवस-२०२३’ का साथै राष्ट्रिय महाधिवेशन विविध सांस्कृतिक कार्यक्रमका बीच आज बिहान ११:०० बजे देखि साझपाखाको ६:०० बजे सम्म आयोजना गरिने कार्यतालिका रहेको छ।

वैदेशिक रोजगारमा नेपालीहरु विभिन्न देशमा जाने गर्छन् त्यहाँ सुखदुःख मा साथ सहयोग गर्ने र पिडामा मलम पट्टी लगाउने सकारात्मक कार्यमा पनि नेपाली नै अग्रसर हुने गरेका छन् । त्यसैले जहाँ रहेता पनि सबैको मनमा यो नेपाली र नेपाल आमाको भाव रहिरहन्छ।


Loading Viewer...

ताजा समाचार

spot_img