बिपद् पुर्व तयारीको लागी कुतियाकवर बस्तीका ४२ घरको छानामा रातो झण्डा (हेर्नुस् भिडियो)


दोधारा । बाढीको उच्च जोखिममा रहेका दोधारा चाँदनी नगरपालिकाको कुतियाकवर बस्तीका घरको छानोमा सांकेति रातो झण्डा टाँगिएको छ् । दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर बस्तीका घरका छानाहरुमा सांकेतिक रातो झण्डा र सुचना पाटी टाँगिएको हो । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सु्द्दढ परियोजना अन्तर्गत कुतियाकवर बस्तीमा बाढीको पुर्व तयारीको लागी घरको छानोमा रातो सांकेतिक झण्डा र घरमा सबैले देखिने प्रकारले सुचना पाटी टाँगिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सु्द्दढ परियोजनाका कार्यक्रम संयोजक राज कुमार सुनारले जानकारी दिएका छन् । कुन घरमा बालबालिका, अपागता भएका ब्यक्ती, अशक्त ब्यक्ती, सुत्केरी, जेष्ठ नागरिक रहेका छन् भन्ने सांकेतिक रातो झण्डाले चिनाउने भएको हुदा बाढी आएको बेला उद्धार कार्यमा सहजता संगै, राहत लगाएत अन्य कार्यको लागी घरको छानोमा टाँगिएको रातो झण्डाले टाढैबाट सहजै थाहा पाउन सकिने बताईएको छ् ।

कुतियाकवर बस्तीमा ४२ घरधुरीका छानोमा सांकेतिक रातो झण्डा टाँगिएको छ् । घर परिवारको सम्पुर्ण बिबरण समेत हुने गरि घर–घरमा सबैले देखिने गरि एक सुचना पाटी समेत लगाईएको कुतियाकवर बिपद् ब्यवस्थापन समितिका संयोजक टेक बहादुर सुनारले बताएका छन् । उच्च जोखिममा रहेको घरपरिवारलाई उद्धार गर्न तथा राहत तथा अन्य कार्यमा सहजताको लागी सांकेतिक झण्डा सहित घर–घरमा सुचना पाटी टाँगिने कार्य भएको कुतियाकवर बिपद् ब्यवस्थापन समितिका संयोजक टेक बहादुर सुनारले बताएका छन् ।

बिगत लामो समय देखि दोधारा चाँदनी नगरपालिकामा बिपद्को क्षेत्रमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सु्द्दढ परियोजनाले कार्य गर्दै आउनुको साथै तटिय क्षेत्रमा बसोबास गर्ने स्थानियहरुको जिविकोपार्जनमा समेत सघाउदै आएको छ् ।


ताजा समाचार

spot_img