महाकाली नदीको निरन्तर निशानामा कुतियाकवर बस्ती : जग्गा कटानी बढ्दो


पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर बस्तीमा महाकाली नदीले धार परिवर्तन गरी जग्गा कटान तीव्र बनाएको छ । महाकाली नदी बस्ती तर्फ सोझिएर बस्तीको घर नजिक पुग्न थालेपछि स्थानीय बासिन्दा निकै चिन्तित भएका छन् । दैनिक महाकाली नदीले जग्गा कटान गरी बगरमा परिणत गरिरहेको स्थानियबासी नैन सिंह सुनारले बताएका छन् । २०७८ साल कार्तिक महिनाको अन्तिम साता कुतियाकवर बस्तीमा ठुलो बाढी आएको थियो । घरमा नदी बगेपछि स्थानियहरुमा ज्यान जोगाउन सकस भयो । गएको आईतवार २०७८ सालमा आएको बाढीको झल्को महाकाली नदीले दिएको थियो । नदीको बहाव बढेर बस्तीमा पसेपछि स्थानियहरुले सुरक्षाकर्मी, जनप्रतिनिधी, उद्धारकर्मीलाई हारगुहार गरेका थिए । केही क्षणको लागी बस्तीमा महाकाली नदीको पानी पसेपनि त्यत्ती क्षती गर्न भने पाएन् ।

‘आधा घण्टा पनि महाकाली नदीको बहाव तिब्र हुन्थ्यो भने बस्तीमा निकै समस्या हुन्थ्यो’ स्थानियबासी तथा कुतियाकवर बिपद् ब्यवस्थापन समितिका संयोजक टेक बहादुर सुनारले भने । ‘बस्तीलाई निशाना बनाएर महाकाली नदीको धार बग्न थालेको छ’, उनले भने, ‘नदीमा पानीको बहाव उच्च हुदा जग्गा कटान तीव्र बनाएको छ भने, नदीको भंगालो बस्तीमा पस्ने पक्का पक्की छ् ।’ उनका अनुसार हाल सम्म महाकाली नदीले स्थानियहरुको खेतीयोग्य झण्डै ५ बिघाह भन्दा बढी जग्गा नदीले कटान गरेर बगाएको छ् । नदी रोकथामका लागि स्थानीय बासिन्दाले स्थानिय सरकार र दातृ निकायको सहकार्यमा अस्थायी तटबन्ध निर्माण गर्न थालिए भएपनि नदीको बहाव उच्च भएको कारण अस्थायी तटबन्ध अर्थहिन बन्दै आएको छ् ।

निमार्ण गरिएका केही तटबन्ध नदीले आफ्नो साथमा लगेर बिलय गराएको छ् । विसं २०२३ देखि महाकाली नदी र जगबुडा नदीले बस्तीको जग्गा कटानी गर्दै आएका बुढापाखाहरुले बताउदै आएका छन् । तत्काल रोकथामको प्रयास नगरिए बस्तीनै बिस्तापित हुनेसक्ने स्थानियहरुमा त्रास छाएको छ् । रोकथामको प्रयास नगरिए कुतियाकवर बस्तीका ४८ घरपरिवार विस्थापन हुने सम्भावना बढेर गएको उनिहरुको भनाई रहेको छ् । बस्तीका बासिन्दाले त्रासको कारण अनिदोमै रात काट्ने गरेको स्थानीयवासी माया देबी सुनारले बताए ।

भरपर्दो तटबन्धको माँग गर्दै आए पनि कुनै निकायबाट हाल सम्म सुनवाई हुन नसकेको माया देबी सुनारले बताए । ‘एकातिर कृषियोग्य जमिन बर्सेनि नदीमा परिणत हु्दै गएको छ भने अर्को तिर बर्षातको समयमा शान्तिको सास फेर्न पाईदैन’ स्थानियबासी मोतिराम सुनारले भने– ‘नदी तटबन्धका लागि सबै जनप्रतिनिधी, नेताहरुलाई गुहादै आएका छौं, तर, परिणाममा शून्यको अवस्था छ् ।

समस्या जस्ताको त्यस्तै छ ।’ बर्सेनिी नदीले जमिन कटान गर्दै आएको भएपनी त्यसलाई निरीह भएर हेर्नुको अर्को विकल्प किसान संग नभएको उनको गुनासो छ् । हरेक बर्खायाम कुतियाकवर आसपाल बस्तीको लागी भयानक संकट बन्छ् ।


ताजा समाचार

spot_img