दोधारा । दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीको पहलमा नगर अस्पतालमा औषधी र स्वास्थ्य उपकरण उपलब्ध भएको छ् । दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीको पहलमा नगर अस्पताललाई झण्डै रु. ३ लाख ५० हजार बराबरको औषधी र स्वास्थ्य उपकरण आज एक कार्यक्रमको बिच हस्तान्तरण गरिएको दोधारा चाँदनी नगर अखस्पतालले जनाएको छ् । सामाजिक बिकास मन्त्रालय, प्रदेश स्वास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्र, धनगडी (कैलाली) को सहयोगमा उक्त औषधी तथा स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले जनाएका छन् । उपमेयर जोशीले सामाजिक बिकास मन्त्रालयमा समन्वय गरि उक्त दोधारा चाँदनी नगर अस्पतालको लागी औषधी र स्वास्थ्य उपकरण उपलब्ध गराईएको बताईएको छ् ।


हस्तान्तरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा देबी जोशी, वडाध्यक्ष बिक्रम चन्द, केशव खत्री, चन्द्र बहादुर सिंह, दोधारा चाँदनी नगर अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. ६ का वडाध्यक्ष ओंम बस्नेत, दोधारा चाँदनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र, स्वास्थ्यकर्मी लगाएतको सहभागिता रहेको थियो । उपमयेर जोशीको पहलमा सामाजिक बिकास मन्त्रालय, प्रदेश स्वास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्रबाट उपलब्ध भएको औषधी र स्वास्थ्य उपकरणले नगर क्षेत्रको स्वास्थ्य सेवाको बिकास गर्न सहजता आउने बिश्वास लिईएको छ् ।


आगमी दिनहरुमा नगरको अस्पताललाई अझै सुबिद्या सम्पन्न बनाउन सबै पक्षको सहयोग र सहकार्यको खाँचो रहने कार्यक्रममा बताईएको हो । सामाजिक बिकास मन्त्रालय संग समन्वय गरि अस्पतालमा निशुल्क औषधी र स्वाथ्य उपकरण ल्याउन सफल भएको भन्दै उपमेयर जोशीको कार्य प्रति स्थानियहरु खुशी ब्यक्त गरेका छन् ।







