नेपाली सेनाले कुतियाकवर बस्तीमा बिपद्को पुर्व तयारीको लागी सामुदायिक ‘सेफ सेल्टर’ निमार्ण गर्ने


दोधारा । नेपाली सेनाले दोधारा चाँदनीको कुतियाकवर बस्तीमा ‘सेफ सेल्टर’ निमार्ण गर्ने भएको छ् । दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर बस्तीमा नेपालस् सेनाले ‘सेफ सेल्टर’ निमार्ण गर्ने भएको दोधारा चाँदनी नगरपालिका– १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले जानकारी दिएका छन् । हिजो नेपाली सेनाको एक टोलीले कुतियाकवर बस्तीको अवस्था र ‘सेफ सेल्टर’ निमार्ण गर्ने जग्गाको अनुगमन गरेको थियो । नेपाली सेनाले निमार्ण गर्ने भनिएको ‘सेफ सेल्टर’ निमार्णमा स्थानिय दान बहादुर सुनारले जग्गा दान गर्ने भएको बताईएको छ् ।

१६ मिटर चौडा र ३० मिटर लम्बाई रहेको ‘सेफ सेल्टर’ निमार्ण कार्य नेपाली सेनाले चाडै निमार्ण कार्य सुरु गर्ने भएको कुतियाकवर बिपद् ब्यवस्थापन समितिले जनाएको छ् । यस अघि नेपाल राष्ट्रिय समाज कल्याण् संघ (एनएनएसडब्लुए), दोधारा चाँदनी नगरपालिका कार्यालय र निड्स नेपालको सहयोगमा उक्त बस्तीमा ‘सेफ सेल्टर’ निमार्ण क्रममा रहेको छ् ।

बस्तीमा महाकाली नदी र जगबुडा नदीको पानी बस्तीमा पसेर ठुलो धनमालको क्षती गर्दै आएको बाढीको बेला मानविय क्षती रोक्न र स्थानियहरुको धनमाल जोगाउन नेपाली सेनाले ‘सेफ सेल्टर’ निमार्ण गर्न लागेको नेपाली सेनाले जनाएको छ् ।


ताजा समाचार

spot_img