दोधारा चाँदनी र भिमदत्त नगरपालिका उच्च जोखीम क्षेत्रका घरधुरीमा बाढी पुर्वतयारी सामग्री वितरण


दोधारा चाँदनी नगरपालिकाको कुतियाकवर बस्तीमा बाढीबाट बच्न टर्चलाईट र लाईफ ज्याकेट समुदाय स्तरमा बितरण गरेको छ् । दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर बस्तीमा आउन सक्ने बाढीलाई मध्यनजर राख्दै डिसीए नेपालको साँझेदारीमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाले कुतियावकर बिपद् ब्यवस्थापन समितिलाई ४२ घरपरिवारलाई टर्चलाईट, एक थान सर्चलाईट, लाईफ ज्याकेट र घरधुरी सुचना पाटी बितरण गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले जानकारी दिएका छन् । सुद्दढ परियोजना अन्र्तगत पुर्व सुचनाका आधारमा उच्च जोखिममा रहेका घरध्ुारीलाई उक्त सामग्री बितरण गरिएको सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताएका छन् ।

दोधारा चाँदनी नगरपालिका क्षेत्रमा बाढीको उच्च जोखिममा रहेको कुतियाकवर बस्ती मानिन्छ् । बिगत लामो समय देखि बिपद्को क्षेत्रमा दोधारा चाँदनी नगरपालिका क्षेत्रमो नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाले कार्य गर्दै आएको छ् । बिपद्को पुर्व तयारी, बिपद् ब्यवस्थापन समिति गठन संगै उद्धार टोली गठन, राहत सामग्री सहयोग लगाएत तटिय क्षेत्रमा बसोबास गर्ने स्थानियहरुको आर्थिक उपार्जनमा सहयोग लगाएत कार्य गर्दै आएको छ् । परियोजना र समुदाय सतरमा भएको छलफलमा बाढीको उच्च जोखिममा रहेको घरहरुमा सांकेतिक झण्डा लगाउने भएको छ् । बाढी आएको बेलामा सर्वप्रथम उच्च जोखिममा रहेको घरपरिवारलाई उद्धार गर्न सहजताको लागी सांकेतिक झण्डा लगाउने भएको स्थानियबासी तथा कुतियाकवर बिपद् ब्यवस्थापन समितिका संयोजक टेक बहादुर सुनारले बताएका छन् ।

त्यसै गरि भिमदत नगरपालिका– १३ का बैजनाथ समुदायिक विपद् व्यवस्थापन समिती जोखीम का बस्तीहरुको जोखीम नक्साकंन भएका घरघुरी हरुको पुर्वतयारी घरघुरीहरुलाई उच्च जोखीम कम गर्न संकटासन्नता संकेतीक झण्डा लगाउने विषयमा छलफल तथा पुर्वतयारीका लागी ८२ मध्ये ४४ घरपरिवारलाई टर्चलाईट, उच्च रोशनी टर्च लाईट १ थान्, घरधुरी सुचना पार्टी, ८२ लाईफ ज्याकेट, ६ थान ट्युव वितरण गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाले जनाएको छ् ।


ताजा समाचार

spot_img