कुतियावकर बस्ती तिर सोझियो महाकाली नदीको धार : गम्भिर छैनन् सरकार


दोधारा । महाकाली नदीको बहाव बस्ती तिर सोझिदा दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर बस्तीका बासिन्दा रातभर ढुक्कले निदाउन पाएका छैनन् । रातीको समयमा बाढी आएर डुबाउला भन्ने चिन्ता उनिहरुमा छ । नदी घट्दा जमिन कटान गरेर झन् छिटो बस्ती पस्ला भन्ने डरले उनीहरुलाई सताउने गरेको छ । स्थानीयवासीले वषौं देखि यो समस्या संग जुध्दै आएका छन् । नदीजन्य पदार्थको अत्यधिक दोहनका कारण समेत पछिल्लो केही वर्षयता बाढी र डुवानको समस्या अझ बढेर गएको स्थानियहरुको भनाई रहेको छ् । कुतियाकवर बस्ती जगबुडा नदीको पारिको नेपाल–भारत सिमा बस्ती हो । बस्तीको सिरानमा महाकाली नदी र जगबुडा नदीको दोभान पर्छ् । बर्खामा नदीले वर्षेनी धेरै ठुलो जनधनको क्षति पुर्‍याउदै आएको छ । बाढी आउदा घर जग्गा डुबाउने र बाढी घट्दा किनारामा जमिन कटान तीव्र रुपमा गर्दा महाकाली नदी र जगबुडा नदीले दर्जनौं स्थानियहरु बिस्तापित भएका छन् । कुतियाकवर बस्ती मात्र नभई दोधारा चाँदनी नगरपालिकाका तटिय क्षेत्रमा भइरहेको जग्गा कटानले स्थानियहरुमा त्रास उत्पन्न भएको छ् ।

झण्डै एक दशक भन्दा बढी समय पछि महाकाली नदी कुतियाकवर बस्ती तिर सोझिएको छ् । बिगत ३ साता देखि भइरहेको तीव्र कटान रोकिएन भने अबको केही दिनमै दर्जनौं स्थानियहरुको उर्वरक जग्गा घर रहेको बस्ती बगरमा परिणत हुनसक्ने त्रास उत्पन्न भएको छ् । कुतियाकवर बस्तीका खड्के सुनार, कर बहादुर सुनार, धन बहादुर सुनार, नैन सिंह सुनार, ऐन बहादुर सुनार, भिम बहादुर खत्री, लिला देबी खत्री, जितु खत्री, कले खत्री गरि झण्डै ३ बिघाह खेती योग्य जग्गा कटानी गर्दै आएको छ् । उनिहरुको वर्षभरि खानका लागि अन्न फलाउने खेत बगर हुदै छ् । कटानले अरु दर्जनांै किसानको खेतमा क्षति पुर्‍याउने क्रम रोकिएको छैन् ।

बस्तीको पूर्वी तटमा समेत कटान तीव्र बन्दै गएको कारण बस्तीनै जोखिममा रहेको छ् । नदीले बस्ती तिर कटान गर्दै सोझिएको स्थानिय सरकारका प्रमुख, प्रदेश सरकारका प्रतिनिधी र संघिय सरकारका प्रतिनिधीहरुले स्थलगत अनुगमन समेत गरिसकेका छन् । गएरातीको अबिरल वर्षा संगै महाकाली नदी र जगबुडा नदीमा पानीको वहाव तिब्र भएसंगै स्थानियहरुको धान, मकै, उखुवालीमा पसेर क्षती गर्न थालेको स्थानिय टेक बहादुर सुनारले बताएका छन् । जग्गा कटानी रोक्न निर्माण भईरहेको अस्थायी तटबन्ध पनि आर्थिक अभाव भएको भन्दै रोकिदा नदीले थप जग्गा कटानी गर्ने पक्कापक्की छ् । स्थानीयवासीले तत्काल नदी कटान रोक्ने उपायको माँग सरकार संग गरेका छन् ।


ताजा समाचार

spot_img