फोहर ब्यवस्थापनको लागी श्री कृष्ण चाँदनी बजार ब्यवस्थापन समितिले बुझायो ज्ञापन पत्र


दोधारा । फोहर ब्यवस्थापनको लागी श्री कृष्ण चाँदनी बजार ब्यवस्थापन समितिले वडा कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । दोधारा चाँदनी नगरपालिका– ४ मा रहेको श्री कृष्ण चाँदनी बजार ब्यवस्थापन समितिले वडा नं. २ र ४ वडा कार्यालयमा पुगेर वडाध्यक्षलाई बजार क्षेत्रमा रहेको फोहर ब्यवस्थापनको लागी ज्ञापन पत्र बुझाएको कृष्ण चाँदनी बजार ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर बुढाथोकीले जानकारी दिएका छन् । बजार क्षेत्रमा फोहर ब्यवस्थापन नभएको कारण बजार क्षेत्रनै दुर्घन्धीत हुदै गएको हुदा समयमै ब्यवस्थापन तिर सरोकारवालाको ध्यान केन्द्रित गर्नको निम्ती ज्ञापन पत्र बुझाएको कृष्ण चाँदनी बजार ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर बुढाथोकीले बताएका छन् ।

‘चाँदनी बजार क्षेत्र भित्र रहेका अधिकांश सोलार बत्ति बिग्रीसकेको हुदा उक्त खराब सोलार बोल मर्मत एवं थप सोलार तथा सडक बत्तत्ती जडानको लागि आवश्यक रकम विनियोजन गरिदिन, चाँदनी बजार क्षेत्रबाट निस्कीने अनावश्यक फोहर ब्यवस्थापनको लागी नगरपालिका कार्यालय संग समन्वय गरि समस्या समाधान गर्न भुमिका निर्वाह गरिदिने, हाल देशभरी फैलिरहेको डेंगु रोगको महामारी नियन्त्रणको लागी जिल्ला जनस्वास्थ्य कार्यालय तथा स्वास्थ्य चौकी दोधारा चाँदनी संग समन्वय गरि चाँदनी बजार क्षेत्र भित्र आवश्यक औषधी ब्यवस्थापन गरिदिनहुन अनुरोध गर्दछौं’

कृष्ण चाँदनी बजार ब्यवस्थापन समितिले दोधारा चाँदनी नगरपालिका– २ र ४ वडा कार्यालयमा बुझाएको ज्ञापन पत्रमा भनिएको छ् ।


ताजा समाचार

spot_img