दोधारा चाँदनी– २ मा रास्वपाको वडा कमिटि गठन : वडा संयोजकमा मौनी चयन


दोधारा । दोधारा चाँदनी नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको एक वडा भेलाले वडा संयोजकमा त्रिलोक मौनीलाई चयन गरेको छ् । शनिवार दोधारा चाँदनी नगरपालिका– २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको एक भेलाले वडा संयोजकमा त्रिलोक मौनीलाई सर्वसम्मत चयन गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी दोधारा चाँदनीका संयोजक पुरन कुमालले जानकारी दिएका छन् । त्रिलोक मौनीको संयोजकत्वमा गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीको वडा नं. २ वडा कमिटिमा ११ सदस्यीय पदाधिकारी चयन गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी दोधारा चाँदनीका संयोजक पुरन कुमालले बताएका छन् ।

चयन भएका सबै वडा पदाधिकारीहरुलाई अबिर मालाले सम्मान गर्दै कार्यको सफलताको कामना समेत गरिएको बताईएको छ् । ाष्ट्रिय स्वतन्त्र पार्टी कञ्चनपुरका जिल्ला संयोजक पदम बिष्टको प्रमुख आतित्थ्यमा संचालन भएको वडा भेलाका सभपतित्व राष्ट्रिय स्वतन्त्र पार्टी दोधारा चाँदनी नगर संयोजक पुरन कुमाल रहेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीले दोधारा चाँदनी नगर क्षेका सबै वडाहरुमा आफ्नो वडा कमिटि गठन गर्ने लक्ष्य अनुरुप आज दोधारा चाँदनी नगरपालिका– २ मा वडा कमिटि गठन गरिएको बताएको छ् । यस अघि वडा नं. १ मा प्रेम खत्रीको संयोजकत्वमा ११ सदस्यीय वडा कमिटि गठन गरिएको हो ।


ताजा समाचार

spot_img