दोधारा । ठेकेदारको लापरबाहीले दोधारा चाँदनी नगरपालिका– ७ को एक सडक अलपत्र परेको छ् । १ करोड ३५ लाख बराबरको सडक वाल, कलर्भ तथा पिच सडक बनाउने देउती बिल्डर्स निमार्ण कम्पनीले ठेक्का पाएको हो । संघिय सरकारको उक्त बजेट कार्यको डेढ वर्ष पुग्न लाग्दा समेत निमार्ण कम्पनीले सडकनै अलपत्र गरिदिए पछि स्थानियहरुले ठेकदार तथा सरोकारवालाको चर्को बिरोध जनाउदै स्थानियहरुले चन्दा संकलन गरि दुई स्थानमा काठे पुल निमार्ण गरि आवतजावत सुचारु गरेका हुन् । स्थानियहरुले बनाएको पुलको स्थानिय ८० वर्षे जनमल सिंह धनाडीले दरातीले रिविन काटेर उद्धघाटन गरेका छन् । जनताको मर्कालाई नबुझ्ने ठेकेदार र जनप्रतिनिधीको बिरोधको लागी दरातीले रिविन काटेर आवत जावत पुलको उद्धघाटन गरेको जनमल सिंह धनाडीले बताएका छन् ।


ठकेदारले सडक अलपत्र गरिदिदा दोधारा चाँदनी नगरपालिका– ७ को चन्द चौराह देखि पुर्णागिरी आधारभुत सम्म जाने पक्की सडक हिडडुल गर्न स्थानियहरुलाई समस्या गरेका हो । काम अलपत्र भए संगै उक्त क्षेत्रका २ सय बढी घरधुरीले झण्डै १ घण्टाको अर्को सडक भएर बिद्यालय, दैनिक उपभोग्य समान खरिद तथा स्वास्थ्य उपचारको लागी बाबाथान बजार लगाएत बजारमा जानु पर्ने अवस्था रहेको थियो । सो सडक नबन्दा संसारी टोलका स्थानियहरु सडकबाट बन्चित भएका स्थानिय कमल परियारले बताएका छन् ।

उक्त सडक मुख्य बाटो भएकाले निर्माण कार्य अलपत्र पर्दा निर्माण सामग्रीदेखि दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको उनले बताए । सडक निर्माण अलपत्र पर्दा स्थानीयले सास्ती पाएको भन्दै दोधारा चाँदनी नगरपालिका कार्यालय, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा जानकारी गराएका थिए । निमार्ण कम्पनीका प्रोपाराईटरले बारम्बार सहमती गरि निमार्ण कार्य अघि बढाउने प्रतिबद्धता जाहेर गर्दा समेत निमार्ण कार्य अघि नबढाएपछि स्थानियहरु आन्दोलित भई हिडडुलको लागी आफै काठे पुल निमार्ण कार्यमा जुटेका हुन् । ठेकेदारले अटेरी गरेपछि स्थानियहरुले स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारका प्रतिनिधीहरुलाई गुहार लगाएका छन् ।

सडक निमार्ण नभएपछि स्थानियहरुले निमार्ण कम्पनीको झण्डै ८ कुन्टल फलामे छड स्थानिय, जनप्रतिनिधीको रोहवरमा कब्जामा ल्याएका स्थानियहरुले बताएका छन् । सडक निमार्णको बिषयलाई स्थानियहरु आन्दोलिन हुदै गर्दा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा देबी जोशी, वडाध्यक्ष केशव खत्री, वडा सदस्य कमला उपाध्याय, शुदुरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर राना मगर, नेपाली काग्रेंसका नेता गोपाल गुरुङ्ग, मदन लाल सुनार काठे पुल निमार्ण स्थलमा पुगेका थिए ।






