दोधारा । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले लघुवित्तीय संस्था र मिटर व्याजिहरुलाई खारेजको माँग गर्दै दोधारा चाँदनी नगरपालिका प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ् । बुधबार पार्टिका दोधारा चाँदनी नगर ईन्चार्ज दिपेन्द्र ऐरी र संयोजक बिरेन्द्र नाथ सहितको टोलिले नगर प्रमुख किशोर कुमार लिम्बुलाई ज्ञापनपत्र बुझाएका हुन् । शिक्षा र स्वास्थ्य जस्ता महत्वपुर्ण कुरामा राज्यको नीति भए पनि कार्यान्वयनमा सरकार अन्धो भई मौन छ् लघुवित्तीय संस्था र मिटर व्याजिहरुलाई पुर्णरुपमा खारेज गर्न राज्यले सकेको छैन । तसर्थ यो संकटको अवस्थामा नगर सरकार समक्ष हाम्रो पार्टी श्रमजीवी जनताहरुको प्रतिनिधित्व गर्दै नगर सरकार संग तपशिल बजोजिमका माँगहरु तत्काल पुरा गर्न जोडदार माँग गर्दछौ बिज्ञप्तिमा भनिएको छ । ‘१. भारतीय नाकाबाट आयात तरकारी फलफुल बन्द गरी देश भित्र रहेका किसानहरुले उत्पादन गरेका तरकारी फलफुलको उचित मुल्य सहित बजार व्यवस्थापन गरियोस् । २. सम्पूर्ण नागरिकको स्वास्थ्य विमा नि:शुल्क गराईयोस् । ३. स्वास्थ्य एवं शिक्षामा भईरहेको व्यापारिकरण बन्द गर्न नगर सरकारले पहल कदमी चालोस् ।


४ जनप्रतिनिधिहरुले संस्थागत विद्यालयमा लगानी नगर्न पाउने र लगानी लगाएको पाईएमा तत्काल शिक्षामा व्यापारिकरण गर्न बाट रोक लगाईयोस् । ५. नगर सरकारले आफ्नै लगानीमा सरकारी उद्योग खोल्नुपर्ने । ६. नगरपालिकाका अधिकांश सिमाहरु भारत संग जोडिएका छन् ती ठाउहरुमा भारतीय पक्षले पटकपटक हस्तक्षेप गर्ने जस्ता गितिविधि तिव्र रहेकाले यो समस्या समाधानका लागि तत्काल पहलकदमी गरोस् । ७. महान दशवर्षे जनयुद्ध लगायत हरेक राष्ट्र मुक्त आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदहरुको नामबाट सार्वजनिक स्थलमा सहिद प्रतिक्षालय बनाओस् । ८. नगर भित्र निर्माणधिन अवस्थामा रहेका हरेक योजनाहरु अनुगमन गरी तत्काल मापदण्ड अनुसार काम अगाडि बढाउन निर्देशित गरोस् । ९. नगरपालिका अन्तर्गत रहेका सशस्त्र प्रहरी र जनताहरु बिच पटक पटक हुने बिवादको वैज्ञानिक कारण पत्ता लगाई उक्त समस्याको समाधानका लागि कार्यदल तय गरियोस् ।

१० लागु औषध नियन्त्रणका लागि नगरपालिकाले जनचेतना मुलक कार्यक्रम तय गरी प्रयोगकर्ता गर्ने र ओसारपसार गर्नेहरुलाई कार्वाहीका लागि पहलकदमी चालोस् । ११. यस नगरपालिका भित्र रहेका मिटर व्याजीलाई कानुनको कटघेरामा उभ्यानुका साथै लघुवित्तीय संस्था तत्काल खारेज गर्न जोडदार माँग गर्दछौं ।’ क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ज्ञापन पत्रका भनिएको छ् ।







