खेती योग्य जग्गा जोगाउन कुतियाकवर बस्तीमा अस्थायी तटबन्ध निमार्ण गरिने


दोधारा । दोधारा चाँदनी नगरपालिकाको कुतियाकवर बस्तीमा रहेको खेती योग्य जग्गा जोगाउन अस्थायीरुपमा टतबन्ध निमार्ण गरिने भएको छ् । दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर बस्तीमा स्थानियहरुको खेतीयोग्य जग्गा नदीले कटानी गर्न थाले संगै दोधारा चाँदनी नगरपालिका कार्यालय, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) लगाएत बिपद्को क्षेत्रमा कार्य गर्ने गैरसरकारी संस्थाहरुको सहयोगमा नदी नियन्त्रणका लागी अस्थायीरुपमा तटबन्ध निमार्ण गरिने भएको दोधारा चाँदनी नगरपालिका– १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले जानकारी दिएका छन् ।

महाकाली नदीले खड्के सुनार, कर बहादुर सुनार, धन बहादुर सुनार, नैन सिंह सुनार, ऐन बहादुर सुनार, भिम बहादुर खत्री, लिाल देबी खत्री, जितु खत्री, कले खत्री गरि झण्डै २ बिघाह खेती योग्य जग्गा कटानी गरिसकेको वडाध्यक्ष सिंहको भनाई रहेको छ् । जनताको तटबन्ध कार्यक्रमबाट ४ हजार कट्टा उपलब्ध भईसकेको र बाँस खरिद कार्य समेत भईरहेको उनले बताएका छन् । नदीले खेती योग्य जग्गा कटानी गर्न थाले संगै उक्त स्थानमा अस्थायी तटबन्ध निमार्ण कार्य अघि बढाएको वडाध्यक्ष सिंहले बताएका छन् ।

महाकाली नदीमा पानीको बहाव तिब्र हुन थालेपछि स्थानिय किसानहरुको खेती योग्य जग्गा कटानी गर्न थालेको हो । यस्तै जगबुडा नदीमा पानीको बहाव तिब्र हुदै जादा टेक बहादुर टमाटा, तिला खदेबी टमाटा, महेशमणी शर्मा, रतन लाल सुनार, लाल बहादुर सुनार, अशोक सुनारको जग्गा कटानी गर्दै आएको टेक बहादुर सुनारले बताएका छन् ।


Loading Viewer...

ताजा समाचार

spot_img