कुतियाकवर बस्ती सधैं कटान र डुवान, खै समस्याको दीर्घकालीन समाधान ?


दोधारा । हिमाल, पहाड र तराईका नदी किनारमा धेरै बस्ती छन् । जुन अन्य बस्तीको तुलनामा अत्यन्त जोखिमपूर्ण हो । भनाइ नै छ, ‘विपद् बाजा बजाएर आउदैन् ।’ त्यसैले सधैं सजक हुनै पर्छ् । तर, जतिबेला प्राकृतिक वा मानवीय विपद् आउछ केही समय चर्चा हुन्छ् । समस्या केलाईन्छ र सेलाएर जान्छ् । अहिले वर्षाको समय छ, बाढी–पहिरोको जोखिम सबै तिर उत्तिकै छ् । केही दिनयता मनसुन सक्रिय भएपछि कञ्चनपुरका दोधारा चाँदनी नगरपालिका बाढीको चपेटाको उच्च संघारमा छ् । बिगतका बाढीको पिडालाई मध्यनजर राख्दै दोधारा चाँदनी नगरपालिका कार्यालय, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) लगाएत बिपद्को क्षेत्रमा कार्य गर्ने गैरसरकारी संस्था सक्रिय भएका छन् । दोधारा चाँदनी नगरपालिकाको कुतियाकवर, अठार नम्वर पिल्लर बस्ती, शान्ती टोल, सुर्खेती टोल, गैरीवारे टोल, सुन्दरनगर, कञ्चनभोज लगाएत टोल बस्ती बाढीको उच्च जोखिममा रहेका बस्ती मानिन्छन् ।

नगरपालिका कार्यालय, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) लगाएत बिपद्को क्षेत्रमा कार्य गर्ने गैरसरकारी संस्थाहरुले बिगतका भन्दा बिपद्को पुर्व तयारी, बिपद् आएपछिको अवस्थाको बारेमा निकै प्रभावकारी ढंगबाट तायरी सुरु गरेका छन् । बिगतका दिनहरुमा बाढी आएपछि मात्र नगरपालिका कार्यालय तथा अन्य गैरसरकारी संस्था सक्रिय हुने गर्थ्यो । तर समय तथा गैरसरकारी संस्थाको तदारुकताको कारण समेत पुर्व तयारी सुरु गरिएको बिषय बाढी ग्रस्त क्षेत्रका स्थानियहरुलाई सुखमय हो । बाढीको पुर्व तयारी भईरहेको अवस्थामा नेपा सरकार पक्षले बाढी नियन्त्रणको दिर्घकालिन समस्या हल गर्न तर्फ खासै ध्यान नपुऱ्याएको एक थरीको बिषय भने पक्की हो । निर्वाचनको बेला बाढी ग्रस्त भेगका स्थानियहरुलाई पाउने आश्वासन अहिले सम्म पुरा हुन भने सकेको छैन् । बिगत लामो समय देखि बाढी ग्रस्त क्षेत्रका स्थानियहरुले माँग गर्दै आएको तटबन्ध निमार्ण नहुदा स्थानियहरुमा सरकारको भनाई र भोगाईमा फरक पाएका छन् ।

दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सिमा क्षेत्र संग गाँसिएको बाढी ग्रस्त बस्तीको अवस्था चिन्ताजनक मानिन्छ् । कुतियाकवर लगाएत बस्तीमा अहिले पनि महाकाली नदी र जगबुडा नदीको कटानी जारी राखेको छ् । भएका खेती योग्य जग्गा बिस्तारै मरुभुमी बनाउदै छ् । उर्वरक जग्गा कटानी गरे नदीमा बिलय बनाउनेको स्थानियको पिडा आफ्नै छ् । तर यो समस्या नयाँ होईन् । र, पनि तीनै तहका सरकारले क्षति र विपद् रोक्ने दूरगामी निर्णय गरेका छैनन् । जब बाढी जान्छ राहत र उद्धारमा मात्रै सक्रिय हुने चलन छ् ।

दोधारा चाँदनी नगरपालिकाको अधिकांश बस्ती नदी किनारमा छन् । जुन अन्य पालिकाको तुलनामा दोधारा चाँदनी नगरपालिका बाढीको अत्यन्त जोखिमपूर्ण पालिका मानिन्छ् । महाकाली नदी र जगबुडा नदीमा पानीस्को बहाव तिब्र हुने बित्तिकै दोधारा चाँदनी नगरपालिकाका अधिकांश बस्ती जलमग्न हुन्छन् । अनि, जनधनको क्षति पनि त्यही हुन्छ् । यसको दीर्घकालीन समाधान समयमा खोज्नुपर्छ् ।


ताजा समाचार

spot_img