साँगुरो हुदै दोधारा चाँदनीको कुतियाकवर बस्ती : बाढीको त्रास कायमै


दोधारा । दोधारा चाँदनी नगरपालिका वडा नं. १० कुतियाकवर बस्तीमा टेक बहादुर सुनारको घरबाट महाकाली र जगबुडा नदी निकै नजिक छ् । उनको घर महाकाली नदी र जगबुडा नदीको दोभान नजिक रहेको बस्ती हो । उनलाई महाकाली नदी र जगबुडा नदीको सुसाहटले आज भोली निन्द्रानै पर्दैन् । रातिको समयमा चार देखी पाँच पटक उनले नदी तिर नजर लगाउने गरेको बताए । गएको बाढीले निकै त्रास फैलाएको र यसपटक पनि नदी झन नजिक आएको उनी बताउछन् । ‘दिनभर काम गरेर थकित भईन्छ् । बाढीको त्रासले निन्द्रा लाग्दैन,’ सुनारले भने,’ सुतेको बेला पनि बाढी बस्तीमा पसे जस्तै लाग्छ् ।’ सोही बस्तीका माया देबी सुनारले वर्षायाममा कहिल्यै शान्तिको सास फेर्न नपाएको बताउछन् । उनले महाकाली नदी र जगबुडा नदीका कारण आफूहरु सधैं त्रासमा रहने बताए । ‘अहिले सम्म नदीमा पानी नबढेका कारण मनमा शान्ति नै छ् । त्यो शान्त मन कतिबेला विक्षिप्त हुने हो थाहा छैन,’ माया देबी सुनारले भने, ‘नदीले बस्तीमा केही जग्गा कटानी गर्दै छ्, पहाडी भेगमा अत्यधिक वर्षा भएपछि बाढीको त्रास बढ्छ् ।’ दोधारा चाँदनी नगरपालिका कार्यालय र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) लगाएत गैरसरकारी संस्थाहरुले पुर्व जानकारी सुचना प्रबृधि संचालन गरेपछि उनिहरुको मनमा डर भने त्यत्तीकै कायमै छ् ।

‘प्रकृतिकको बारेमा कस्लाई थाहा हुन्छ र ?’ माया देबी सुनारले भनिन् । बस्तीमा ५० घरधुरी रहेका छन् । बाढी आएको बेला कुतियकवर बस्तीको बिचल्ली हुन्छ । गएको बाढीका कारण अधिकांश धान सखाप भएको स्मरण गर्दै स्थानिय टेक बहादुर सुनारले महाकाली नदी र जगबुडा नदीका कारण बर्सेनि ठूलो नोक्सानी बेहोर्नुपरेको बताए । बाढीले सबै थोक बगाए लग्ने गरेको कारण किसानले निरास हुनुपर्ने अवस्था आएको बताए । ‘एकातिर कृषियोग्य जमिन बर्सेनि नदीमा परिणत हुदै गएको छ् भने अर्कोतिर बर्षातको समयमा शान्तिको श्वास फेर्न पाईदैन,’ माया देबी सुनारले भने, ‘नदी तटबन्धका लागि कैयौं पटक प्रयास भए तर, परिणाममा शून्यको अवस्था छ । समस्या जस्ताको त्यस्तै छ ।’ बर्सेनि नदीले कटान गर्न थलेपछि बस्तीनै साँगुरो हुदै गएको उनको भनाई छ ।महाकाली नदीले धार परिवर्तन गरेसंगै अबका दिनहरुमा महाकाली नदीमा थोरै भएपनि बाढी आएपछि कुतियाकवर बस्तीमा ठुलो क्षती हुने पक्का पक्की छ् ।

गएको बाढीको बेला प्रधानमन्त्री लगाएत नेता तथा बिभिन्न संघ संस्थाहरुले कुतियाकवर तथा बाढी ग्रस्त क्षेत्रको अनुगमन गरिसकेका छन् । गएको स्थानिय र संघिय तथा प्रदेश निर्वाचनका बाढीको समस्या हल गर्न चुनावी एजेण्डानै बन्यो । तर कुतियकवर बस्तीलाई बाढीको पिडाबाट कसरी जोगाउने भन्ने बिषयमा सानो भएपनि काम भएको देखिदैन् । बाढी ग्रस्त क्षेत्रमा बाढी आएको बेला उद्धार र त्यसपछि दिईने राहत बितरण गर्ने काम मात्रै हुदै आएको स्थानिय बाढी पिडितहरु बताउदै आएका छन् । देशमा राजतन्त्रको अन्त्य हुदै, लोकतन्त्र गणतन्त्र पछि स्थानिय तथा प्रदेश र प्रतिनिधी निर्वाचन पनि कुतियाकवर तथा आसपासको बस्तीमा भने अझै खुसियाली आएको छैन् । मनसुन सुरु भए संग बस्तीको स्थानियहरुको निदहराम भएको छ् । कती बेला बस्तीमा पानी पस्ने हो भन्ने त्रास उनीहरुमा छ् ।

बर्षेनी नदीको सतह र आकार बढ्दै जाने र धार परिवर्तन गरी बस्ती तिर सोझिन थालेपछि आगामी दिनहरुमा कुतियाकवर बस्ती बिस्तापित हुने जानकारहरु बताउछन् । बर्षेनी आउने बाढीले जमिन कटान गर्दा धेरै जसो खेतीयोग्य जमिन बगरमा परिणत हुदा समेत नेपाल सरकार नदी नियन्त्रणका बिषयमा प्राय : मौन देखिन्छ् । लहलहाउदो बाली बिनाश संगै मानव बस्ती विस्थापनको शिकार भईरहेका छन् ।

बाढीबाट बिस्थापित हुदाको परिवारको बिचल्लीको अर्को कहाली लाग्दो पिडा छ् । उनिहरुलाई बैकल्पिक बसोबासको व्यवस्था सरकारले मिलाउन नसक्दा बर्ष भरी खाद्यान्न संगै बासको पिडा खेप्दै आएका छन् ।


ताजा समाचार

spot_img