भीमदत्तका मेयर बोगटीका प्रेस सल्लाहकारलाई कारवाही गर्न पत्रकार महासंघ कञ्चनपुरको माँग


दोधारा । नेपाल पत्रकार महासंघ कञ्चनपुरले भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीका प्रेस सल्लाहकार चक्र महताले पश्चिम आज अनलाइनका पत्रकार भुपी उपाध्ययमाथि दुव्र्यवहार गरेको भन्दै कारवाही गर्न माग गरेको छ ।

पत्रकार महासंघ कञ्चनपुरका सचिव राजेन्द्र प्रसाद अवस्थीले बुधबार विज्ञप्ति प्रकाशित गरी पत्रकार उपाध्ययलाई दुव्र्यवहार गरिएको घटना छानबिन गरी कारवाहीका लागि माग गरेका छन् ।

भीमदत्त नगरपालिका ३ भाँसीस्थित सोराई कटेजमा सोमबार राति भीमदत्तका मेयर चढ्ने म १ झ १०८ नम्बरको गाडीको भिडियो खिच्ने क्रममा महताले पत्रकार उपाध्यलाई दुव्र्वहार गरेको महासंघको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


ताजा समाचार

spot_img