कञ्चनपुर : जिल्ला पूर्णखाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा सभा कार्यक्रम सम्पन्न भएको छ।

´पूर्ण खाेप सुरक्षित भविष्य´ भन्ने मुलनाराका साथ पूर्ण खाेप सुनिश्चितता कार्यक्रम आयाेजना गरिएको थियाे । हाल १३ वटा प्राणघातक राेग विरूद्व खाेप लगाउदै आएकाे थियाे। जसमा जिल्लामा रहेका ९ वटै स्थानीयतह पालिका र गाउँपालिकाले याेभन्दा अगाडि नै पुर्ण खाेप लगाएको घाेषणा गरि सकेका छन् ।

जिल्ला पुर्णखाेप सुनिश्चितता कार्यक्रमलाई सफल पार्न ताेकिएकाे कार्य क्षेत्रमा खटिएका महिला स्वंमसेविका, अनमि तथा अहेवलाई नगद राशि तथा प्रमाणपत्र सहित दाेसल्ला ओडाएर सम्मान गरिएको थियाे ।

कञ्चनपुर जिल्ला पुर्णखाेप स्वागत मन्तव्य स्वास्थ्य कार्यलय कञ्चनपुरका कार्यालय प्रमुख दयाकृष्ण पन्तले गर्नु भएको थियाे । सुदूर पश्चिम प्रदेशका मुख्य मन्त्री कमल बहादर शाहकाे प्रमुख आतिथ्यमा, कञ्चनपुर जिल्ला समन्वय समितिका अध्यक्ष दुर्गा दत्त बाेहराकाे सभापतित्व रहेकाे थियाे भने कार्यक्रम सञ्चालन सिद्ध राज भट्टले गर्नु भएको थियो ।






