दोधारा चाँदनी– ४ मा बिपन्न घरपरिवारलाई त्रिपाल


दोधारा । दोधारा चाँदनी नगरपालिका– ४ का बिपन्न घरपरिवारलाई त्रिपाल बितरण गरिएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डिसीए नेपालको सहयोगमा ४ घरपरिवरलाई त्रिपाल बितरण गरिएको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले जानकारी दिएका छन् । महाकाली नदीको तटिय क्षेत्रमा बसोबास गर्ने भगिसरा सुनार, हंस मिजार, अर्जुन सुनार र पुरन सुनारलाई एक–एक थान त्रिपाल बितरण गरिएको वडाध्यक्ष भक्त बहादुर सुनारले बताएका छन् ।

वर्षाको कारण उनिहरुको घर कच्ची छाना जिर्ण भएर बस्न नसक्ने भएको हुदा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डिसीए नेपाल संग वडाध्यक्ष भक्त बहादुर सुनारले समन्वय गरि उक्त त्रिपाल बितरण गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताएका छन् । वडा कार्यालयले नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डिसीए नेपाल संग समन्वय गरि गरिब बस्तीका घरपरिवारलाई त्रिपाल बितरण गरिएको भन्दै वडाध्यक्ष सुनार प्रति स्थानियहरुले खुशी ब्यक्त गरेका छन् ।

हस्तान्तरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनार, वडा सदस्य पदम राज भट्ट तथा स्थानियहरुको उपस्थिती रहेका थिए ।


ताजा समाचार

spot_img