दोधारा चाँदनीमा सशस्त्र प्रहरी बिरुद्ध स्थानियले दिए प्रहरीमा उजुरी


दोधारा । स्थानिय बजारबाट ल्याएको चाउचाउ, सिगरटलाई अबैध समान भन्दै सशस्त्र प्रहरीले दोधारा चाँदनी नगरपालिका– २ हुनैनाथ टोलका सुन्दर सिंह साँउदको घरमा पसेर समान पक्राउ देखि मानिस माथि धरपकट गर्न खोजेको आरोपमा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा उजुरी परेको छ् । आज अपरान्ह दोधारा चाँदनी नगरपालिका– २, हुनैनाथ टोल बस्ने सुन्दर साँउदले खरिद गरि ल्याएको दैनिक उपभोग्य समान घर भित्र राख्दै गर्दा सशस्त्र प्रहरी पक्राउ गर्न खोज्दा स्थानियहरुले जमेर बिरोध गरेका हुन् । सशस्त्र प्रहरीले स्थानिय साना ब्यापारीहरुले सानो तिनो समान सिमावर्ती भारतिय बजारबाट ल्याउदै गर्दा उनिहरुको समान सहित मोटरसाईकल भन्सार पुगाईदिने गरे संगै स्थानियहरु सशस्त्र प्रहरी प्रति आक्रोसित जनाउदै आएको स्थानियहरुले बताएका छन् ।

सशस्त्र प्रहरीका सई तेज सिंह भण्डारीको कमाण्डमा आएको सशस्त्र प्रहरीको टोलीले सुन्दर साँउदको घरमै पुगेर समान पक्राउ गर्न थाले संगै स्थानियहरु एक जुट भएर बिरोध जनाएका हुन् । बिबादलाई साम्य गर्न दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, वडाध्यक्ष तथा राजनितिक दलका प्रतिनिधी हुनैनाथ टोल पुगेका थिए । ‘उपरोक्त विषय सम्बन्धमा म दोधारा चाँदनी नगरपालिका– २ बस्ने वर्ष २९ को सुन्दर सिंह साँउद नजिकै रहेको चक्की बजार बाट चाउचाउ, सिगरट ल्याई घर आउने क्रममा

आफ्नो घर नजिक रहेको पिपल चौतारा नजिक एक्कासी जम्मा भेट हुदा म, आफ्नो पसलबाट घर जान क्रममा मलाई सोहि बाटोबाट मेरो घर मा एए ६९८५ को सरकारी अपाची गाडीवाला आई घर पनि सामान सरका तान्दै गर्दा आमा र श्रीमतिलाई हात हालाहाल पछि मैले गुहार माग्दा गाँउका घर छिमेक भद्रभलादमी आउदा उक्त प्रहरीहरु गाडी छोडी भागेका हुन ती दोषीहरुले मेरो घर परिवारलाई तानातान गरि गएका तथा भागेका हुनाले निज उपर आवश्यक कार्वाही लागि या निवेदन सादर अनुरोध गरिन्छ्’ सुन्दर साँउदले प्रहरी उजुरीमा भनेका छन् ।


ताजा समाचार

spot_img