पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाँदनी नगरपालिकाका स्थानियहरु सशस्त्र प्रहरी प्रति आक्रोसित हुदै आएका छन् । आज अपरान्ह दोधारा चाँदनी नगरपालिका– २, हुनैनाथ टोल बस्ने सुन्दर साँउदलाई खरिद गरि ल्याएको दैनिक उपभोग्य समान घर भित्र राख्दै गर्दा सशस्त्र प्रहरी पक्राउ गर्न खोज्दा स्थानियहरुले जमेर बिरोध जनाएका छन् । सशस्त्र प्रहरीले स्थानिय साना ब्यापारीहरुले सानो तिनो समान सिमावर्ती भारतिय बजारबाट ल्याउदै गर्दा उनिहरुको समान सहित मोटरसाईकल भन्सार पुगाईदिने गरे संगै स्थानियहरु सशस्त्र प्रहरी प्रति आक्रोसित जनाउदै आएको स्थानियहरुले बताएका छन् । सशस्त्र प्रहरीका सई तेज सिंह भण्डारीको कमाण्डमा आएको सशस्त्र प्रहरीको टोलीले सुन्दर साँउदको घरमै पुगेर समान पक्राउ गर्न थाले संगै स्थानियहरु एक जुट भएर बिरोध जनाएका हुन् । सशस्त्र प्रहरीले साँउदका आमा काली देबी साँउदलाई समेत लछारपछार गरेका स्थानियहरुले बताएका छन् ।


सिमा क्षेत्रमा ड्युटी गर्ने सिमा सुरक्षा बलले घरमा खानतलासी गर्न थाले संगै स्थानियहरुले बिरोध जनाउदै नाराबाजी समेत गरेका थिए । सशस्त्र प्रहरीको ज्यादती गरेको भन्दै स्थानियहरुले सशस्त्र प्रहरीको क्रियाकलाप प्रति बिरोध जनाउदै सडक तताएका हुन् । सशस्त्र प्रहरीले घरमै पुगेर धरकपट गरेको भन्दै स्थानीयले सशस्त्र प्रहरीको ज्यादती भएको स्थानियहरको भनाई छ् । घरसायी प्रयोजनका लागि ल्याएको समानमा पिछा गरेर घर भित्रै पुगेर समान पक्राउ देखि मानिस माथि धरकपट गर्न खोजेको भन्दै साँउद घरपरिवार सहित स्थानीयले पक्राउ गर्न आएका सशस्त्र प्रहरीलाई लखेटेका थिए । स्थानियहरुले सशस्त्र प्रहरीले चढेर आएका बागमती एए ६९८५ नम्वरको मोटरसाईकल कब्जा गरेका छन् ।

साँउदले ल्याएको समान बरामद गर्न आएका सशस्त्र प्रहरी माथि स्थानीय खटिएपछि उनीहरु मोटरसाईकल छाडेर भागेको स्थानीय बताउछन । सुन्दर साँउदले सशस्त्र प्रहरीले हद नाघेर घर भित्रै पसेर महिला माथी समेत ज्यादती गरेको आरोप लगाए । उनले भारतबाट सीमा देखि समान ल्याउन दिने अनि नेपाली बजारबाट ल्याएको समान बरामद गर्न खोजिएको भन्दै आक्रोस व्यक्त गरेका छन । स्थानीयले सशस्त्र प्रहरी बिरुद्धमा नाराबाजी गरेका छन् ।

विगतमा ठुला तस्कर एव भारतबाट समान ल्याउने व्यवसायी संग गैर कानुनी रुपमा रकम अशुलेर समान ल्याउन दिने अहिले दैनिक उपभोग्य समान ल्याउदा समात्ने भन्दै सशस्त्र प्रहरी बिरुद्धमा चर्को नाराबाजी गरेका हुन् ।






