दोधारा चाँदनीमा लागुऔषध तथा मानव बेचबिखन रोकथाम सम्बन्धि सचेतना


दोधारा । दोधारा चाँदनी नगरपालिकामा नेपाल प्रहरीले लागुऔषध तथा मानव बेचबिखन रोकथाम सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ बाबाथान बजारमा प्रहरी चौकी, बाबाथान (दोधारा) ले लागुऔषध तथा मानव बेचबिखन रोकथाम सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ् ।

दोधारा चाँदनी नगरपालिका क्षेत्रमा नेपाल प्रहरीले बिभिन्न खाले जनचेतनामुलक कार्यक्रम गर्दै आएको छ् । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रसनि पदम साँउदको कमाण्डमा प्रहरी टोलीले लागुऔषध तथा मानव बेचबिखन रोकथाम सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको प्रहरीले जनाएको छ् ।

मानव बेचबिखनको तौर तरिका, लागू औषधका प्रकार, प्रयोगको अवस्था र असर सम्बन्धमा प्रस्तुतीकरण गरेका थिए । लागु औषधको कारोबार र सेवन गर्ने तथा मानव बेचबिखन कानुनी सजायको व्यवस्था सम्बन्धी समेत जानकारी गराईएको थियो ।


ताजा समाचार

spot_img