दोधारा । दोधारा चाँदनी नगरपालिकाका वडाध्यक्ष केशव खत्रीले किसानहरुलाई धान उत्पादनमा सघाएका छन् । दोधारा चाँदनी नगरपालिका– ५ वडाका वडाध्यक्ष केशव खत्रीले धान उत्पादनलाई बढाउन वडाका किसानहरुलाई धानको लागी शुक्ष्म तत्व (जाम) बितरण गरेका छन् । वडामा रहेका १९ समुह मार्फत एक कार्यक्रमको बिच ४ सय ५० केजी धानको लागी शुक्ष्म तत्व (जाम) बितरण गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय कृषी शाखाका शाखा प्रमुख कमलापती भट्टले जानकारी दिएका छन् । उनका अनुसार आर्थिक वर्ष २०७९/८० वडाको बजेट अनुसार वडाका रहेको समुह मार्फत किसानहरुलाई धानको लागी शुक्ष्म तत्व (जाम) बितरण गरेको बताएका छन् ।


समुह मार्फत बितरण गरिएको धानको लागी शुक्ष्म तत्व (जाम) ले वडाका झण्डै ४ सय बढी किसानहरु लाभान्भित हुने आंकलन गरिएको छ् । वडालाई नमुना बनाउन वडाध्यक्ष केशव खत्रीको प्रयासरत रहदै आएको स्थानियहरुले बताएका छन् ।

बितरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्री, दोधारा चाँदनी नगरपालिका कार्यालय कृषी शाखाका शाखा प्रमुख कमलापती भट्ट, वडा सदस्य तथा किसानहरुको उपस्थिती रहेको थियो ।







