दोधारा चाँदनी नगरपालिका कार्यालयलाई सात वटा सहकारी संस्थाले बुझाए ज्ञापन पत्र


दोधारा । सहकारी संस्थाहरुले दोधारा चाँदनी नगरपालिका कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन् । दोधारा चाँदनी नगरपालिकामा रहेका सहकारी संस्थाहरुले आज एक कार्यक्रमको बिच दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशी र प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्रलाई ज्ञापन पत्र बुझाउदै सहकारीबाट ऋण लिएर बारम्बार तकेता गर्दा समेत ऋण नर्तिने ब्यक्तीहरुलाई नगरपालिकाबाट कानुनी कार्वाही गरिने गरि सुचना प्रकाशित गरिदिन भन्दै सहकारी संस्थाहरुले सयुक्त ज्ञापन पत्र बुझाएका छन् ।

सृजना सहकारी संस्था, आस्था बहुउद्धेश्यीय सहकारी संस्था, उन्नतशिल साना किसान कृषी सहकारी संस्था, चाँदनी कृषी सहकारी संस्था, पुर्णागिरी महिला बचत सहकारी संस्था, जिवन ज्योती कृषी सहकारी संस्था, सृष्टि महिला बचत सहकारी संस्थाले सयुक्त ज्ञापन पत्र बुझाएका आस्था कृषी बहुउद्धेश्यीय सहकारी संस्था दोधारा चाँदनीका अध्यक्ष नाफु सिंह साँउदले बताएका छन् ।

‘बिभिन्न सहकारी संस्थाबाट बिभिन्न मितिमा ऋण लिएका ब्यक्तीहरुले ऋण नतिरी साथै ऋण लिएका ब्यक्तीहरुलाई पटक पटक सहकारी संस्थाहरुले ताकेता गर्दा पनि सम्पर्कमा नआएको हुदा ऋण लिई अटेर गर्ने ऋणी ब्यक्तीहरुलाई नगरपालिका बाट प्रचलित कानुन बमोजिम कार्वाही गरिने गरि सुचना प्रकाशित गरिदिन हुन हामी तपसिल बमोजिम सहकारीबाट सयुक्त अनुरोध गर्दर्छौ’ ज्ञापन पत्रमा भनिएको छ् ।


ताजा समाचार

spot_img