दोधारा । दोधारा चाँदनी नगरपालिकामा शनिबार देखि सुरु भएको तिन दिने आधारभुत पत्रकारिता तालिमको आज समापन भएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नम्बर ७ को आर्थिक सहयोग र परशुराम मिडिया प्रालिको आयोजनामा किशोर, किशोरीहरुलाई तिन दिने आधारभुत पत्रकारिता तालिम संचालन गरिएको थियो । तालिमको आज एक औपचारीक कार्यक्रम विच समापन गरिएको हो । परशुराम मिडिया प्रालि कञ्चनपुरका अध्यक्ष धन बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि दोधारा चाँदनी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष ज्ञानेन्द्र वहेक क्षेत्री रहेका थिए ।


त्यसै गरी कार्यक्रमको विशिष्ठ अतिथिमा वडा सदस्य सन्दिप उपाध्याय, देवीसरा सुनार रहेका थिए । पत्रकारिता क्षेत्रको समग्र विकास गर्ने लक्ष्यका साथ सञ्चालित तिन दिने तालिममा वडाका २० जना किशोर, किशोरीहरुको सहभागिता रहेको थियो । दोधारा चाँदनी नगरपालिका वडा नम्बर ७ का वडा सदस्य संदिप उपाध्यायले लोकतन्त्रको रक्षाका लागि सञ्चार जगतको भूमिका महत्वपूर्ण रहेको बताए । उनले वडा नम्बर ७ का जनताको आवाज मिडियामा आउने विश्वास व्यक्त गरे । तालिममा नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका अध्यक्ष माधव सिंह धामी प्रमुख पशिक्षक रहेका थिए भने परशुराम मिडिया प्रालिका अध्यक्ष तथा अभियान नेपाली दैनिकका उप सम्पादक धनबहादुर बोहरा प्रशिक्षक र खवर पत्र साप्ताहिकका सह–कसम्पादन पप्पु गुरुङ्ग सह–प्रशिक्षक रहेका थिए ।


कार्यक्रममा तालिममा सहभागि मनिका चन्दले तालिमको अनुभव सुनाएका थिए । समापन कार्यक्रमको संञ्चालन तालिमका सहभागी कविर सिंह साँउदले गरेका थिए ।







