खेतमै दही चिउरा खाएर मनाए दोधारा चाँदनीमा राष्ट्रिय धान दिवस 


दोधारा । आज असार पन्ध्र, धान रोपाईंको पर्व । यस दिन धान रोपाईं गरी दही र चिउरा खाने चलन छ् । यस दिन आफन्तजन पनि धान रोप्न खेतमा भेला हुने चलन छ् । सरकारले केही वर्ष देखि असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाईदै आएको छ् । धान नेपाली जनताको प्रमुख खाद्यान्न हो । नेपालमा सयौं प्रजातिका धान पाईन्छन् । यिनको संरक्षण गर्ने र धान खेतीलाई प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय स्तरमा रोपाई गरी धान दिवस मनाउन थालिएको हो । असार पन्ध्रको दिनमा मनाईने दिवसले उत्पादनमा सहयोग संगै आपसमा प्रेम र सामाजिक सद्भाव पनि बढाउछ् । नेपाली समाजमा असारलाई मानो रोपेर मुरी उब्जाउने महिना मानिन्छ् ।

पछिल्ला दिनमा रोपाईलाई महोत्सवको रुपमा मनाई पर्यटन प्रवद्र्धनको उत्पादन पनि बनाइएको छ् । अरु स्थानमा समेत बिभिन्न कार्यक्रम सहित राष्ट्रिय धान दिवस मनाईदै गर्दै गर्दा दोधारा चाँदनी नगरपालिका क्षेत्रमा समेत ‘जलवायु अनुकुलित कृषी मैत्री प्रविधी, धान उत्पादनमा बृद्धि’ नारा सहित २० औं राष्ट्रिय धान दिवस मनाईएको छ् । धान दिवसमा दोधारा चाँदनी नगरपालिकाका मेयर श्री किशोर कुमार लिम्बु, उपमेयर श्री गंगा देबी जोशी, वडाध्यक्ष, कृषी शाखा कार्यालयको टोली, अस्था कृषी बहुउद्देश्यीय सहकारी संस्थाका पदाधिकारी, किसान लगाएत स्थानियहरुको बाक्लो सहभागिता रहेको थियो ।

दोधारा चाँदनी– २ का एक किसानको खेतमा धान रोपेर २० औं राष्ट्रिय धान दिवस मनाईएको आस्था कृषी बहुउद्देश्यीय सहकारी संस्था दोधारा चाँदनीले जनाएको छ् । असार पन्ध्रलाई कृषि सभ्यता र महत्व बुझ्ने, बुझाउने पर्वको रुपमा लिईएको छ् । युवापुस्ता वैदेशिक रोजगारीमा जाँदा देशको खेतबारी बाँझै रहेको र खाद्यान्न आयातमा वृद्धि भएको वर्तमान अवस्थामा यस पर्वको सन्दर्भ अझ बढेको पाईन्छ् ।


ताजा समाचार

spot_img