लागुऔषध तथा ओसारपसार बिरुद्ध जनचेतना फैलाउदै दोधारा चाँदनीमा नेपाल प्रहरी


दोधारा । दोधारा चाँदनी नगरपािलका क्षेत्रमा नेपाल प्रहरीले बिभिन्न खाले जनचेतनामुलक कार्यक्रम गर्दै आएको छ् । दोधारा चाँदनी नगरपालिका स्थित रहेको ईलाका प्रहरी कार्यालयले समय समयमा बिभिन्न खाले जनचेतनामुलक कार्यक्रमहरु गर्दै आएको छ् । यसै क्रममा आज ‘सामुदाय प्रहरी साँझेदारी कार्यक्रम’ अन्तर्गत लागु औषध ओसारपसार बिरुद्ध अन्तराष्ट्रिय दिवस २६ जुन २०२३ लाई लक्षित गर्दै दोधारा चाँदनी नगरपालिका– ७ बाबाथान स्थित लक्ष्मी माबिका शिक्षक, बिद्यार्थी र स्थानिय जनप्रतिनिधीहरुलाई लागू औषध ओसारपसार न्यूनिकरण तथा रोकथाम सम्बन्धी एक दिने अनुशिक्षण संग र्‍यालीको आयोजना गरेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक अर्जुन सिंह साँउदले जानकारी दिएका छन् ।

अनुशिक्षणमा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक अर्जुन सिंह साँउदले लागू औषधका प्रकार, प्रयोगको अवस्था र असर सम्बन्धमा प्रस्तुतीकरण गरेका थिए । प्रहरी निरिक्षक साँउदले लागु औषधको कारोबार र सेवन गर्नेहरुका लागि कानुनी सजायको व्यवस्था सम्बन्धी समेत जानकारी गराउनु भएको थियो । लागू औषध सेवनबाट शारीरिक, मानसिक, आर्थिक, सामाजिक सबै खालको असर पर्ने भएकोले यसको नियन्त्रणमा प्रहरी मात्रै नभएर सबैले लाग्नुपर्ने ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक अर्जुन सिंह साँउदले बताएका छन् ।

लागु औषध ओसारपसार बिरुद्ध शिक्षक, बिद्यार्थी र स्थानिय जनप्रतिनिधीले र्‍याली समेत प्रदर्शन गरेको छन् । लागु औषध बिरुद्ध एक जुट हुन समेत प्रतिबद्धता जाहेर गरेका थिए ।


ताजा समाचार

spot_img