
दोधारा । आफ्नो नागरिकलाई प्रहरीले रिहाई नगरेको भन्दै दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सिमा क्षेत्रमा नेपाली नागरिकहरुलाई आवागमनमा भारतिय सिमा सुरक्षा बल एसएस्बीले आवातजावतमा रोक लगाएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ७ कञ्चनभोज क्षेत्रबाट सिमावर्ती भारतिय बजार जाने नेपाली नागरिकलाई रोक लगाएको स्थानियबासी राम सिंह खड्काले जानकारी दिएका छन् ।

केही दिन अघि दोधारा चाँदनी नगरपालिकाको बिभिन्न स्थानबाट अबैधरुपमा औषधी पसल संचालन गर्दै आएका ९ जना भारतिय नागरिकलाई नेपाली प्रहरीले पक्राउ गरेको थियो । अझै सम्म प्रहरीले रिहा नगरेको भन्दै भारतिय सिमा सुरक्षा बल एसएसबीले कञ्चनभोज आसपास क्षेत्रबाट नेपाली नागरिकलाई सिमावर्ती भारतिय बजारमा आवागमनमा रोक लगाएको स्थानियहरुले बताएका छन् । (फाईल फोटो)







