
दोधारा । दोधारा चाँदनी नगरपालिका स्थित महाकाली झोलुङ्गे पुल क्षेत्रमा पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्ने आफ्नो योजना रहेको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बताएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ४ महाकाली झोलुङ्गे पुल आसपास क्षेत्रमा पर्यटकहरु आउने भएका हुदा उक्त क्षेत्रलाई आकर्षणको केन्द्र बनाउने आफ्नो योजना रहेको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बताएका छन् । पुल नजिक क्षेत्र मा पक्की सडक निमार्ण गर्ने, शौचालय संचालनमा ल्याउने लगाएत कार्य गरि हेर्न लायक बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बताएका छन् ।


‘अबको मेरो पहिलो प्राथमिकता महाकाली झुलुङ्गे पुल वारीपट्टीको परिसर पिच गर्ने र सार्वजनिक शौचालय संचालनमा ल्याउनु हुनेछ् । मलाई नै भेट्न धेरै जना साथीहरु पुर्वबाट हाम्रो नगरपालिका सम्म आउने गर्नु हुन्छ र झोलुङ्गे हेर्न पनि जानु हुन्छ् । तर त्यही ठाँउमा ढंङ्गको शौचालय र बाटो पिच नहुदा हाम्रो नगरपालिकाकै लाज हुने गरेको छ् ।

साथै भेट्न आउनु हुने साथीहरुले पनि शौचालयको समस्या रहेको कुरा दर्शाउनु भएको छ् । हुन त पहिला पनि मैले निर्णय गरेकै थिए तर विविध कारणले काम गर्न सकिएन्’ सामाजिक संजाल फेसबुकमा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले लेखेका छन् ।







