कञ्चनपुर: चार राजनीतिक दलविच समाजवादी मोर्चा गठन गर्ने सहमती अनुरुप सोमबार समाजवादी मोर्चा घोषणा हुने भएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा लगायतका राजनीतिक दलले समाजवादी मोर्चा निर्माण गरेका छन । आइतबार माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल(प्रचण्ड) निवास बालुवाटारमा बसेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायतका राजनीतिक दलले समाजवादी मोर्चा निर्माणमा सहमति जुटाएका हुन । संविधानप्रदत्त समाजवाद स्थापनालाई प्रमुख प्राथमिकतामा राखी समाजवादी मोर्चा घोषणा हुने भएको जनाईएको छ ।
सोमबार राष्ट्रिय सभागृहमा एक कार्यक्रम गरी समाजवादी मोर्चा घोषणा हुनेछ । बैठकमा सहभागी जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठका अनुसार बैठकमा समाजवादी मोर्चा र त्यसको न्यूनतम कार्यक्रमबारे आवश्यक सहमति भएको छ । समाजवादी मोर्चा बनाउने प्रयास धेरै पहिलेदेखि भए पनि औपचारिकता भने पाउन सकेको थिएन। माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले लगातार विभिन्न राजनीतिक दलसँग यसबारेमा संवाद गर्दै आएका थिए। आजको बैठकमा शीर्ष नेताहरूको उपस्थिति थियो। बैठकले मोर्चाको न्यूनतम कार्यक्रमसमेत तय गरेको र सोमबार नै सार्वजनिक गरिने बताइएको छ।
मोर्चामा डा. बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी नेपालसमेत सहभागी हुने बताइएको छ। यसअघि नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अध्यक्ष भट्टराईबीचको भेटवार्तामा सो सहमति भइसकेको छ । उक्त राजनीतिक दलहरुविच समाजवादी मोर्चा गठनदेखि भविष्यमा पाटी एकीकरण गर्ने भएका छन ।






