
दोधारा । दोधारा चाँदनी नगरपालिकामा मृगौला पिडित सागर बचाउ अभियान अन्र्तगत आर्थिक रकम संकलन कार्यलाई तिब्रता दिदै आएका छन् । दोधारा चाँदनी नगरपालिका– ८ वडा सदस्य सागर सुनारको उपचार्थ स्थानियहरुले सागर बचाउ अभियान सुरु गरेका हुन् । गगन बहादुर सिंहको संयोजकत्वमा ५ सदस्यीय सागर सुनारको जीवन रक्षाको लागी आर्थिक संकलन समिति गठन गरिए संगै सहयोग संकलन कार्य अघि बढाईएको छ् । सागर बचाउ अभियान अन्र्तगत अझै सम्म रु. ३२ हजामर ७ सय रकम संकलन गरिएको सागर बचाउ अभियानका अभियन्ता तथा दोधारा चाँदनी नगरपालिका– ४ का वडा सदस्य गगन बहादुर सिंहले जानकारी दिएका छन् ।

बिगत केही महिना देखि वडा सदस्य सागर सुनार दुबै मृगौलामा समस्या देखा परेको छ् । उनको उपचार काठमाण्डौंको एक अस्पतालमा भईरहेको परिवारजनले जनाएको छ् । भारतको अस्पतालमा उपचार अत्यन्त महंगो भएको कारण उपचार गर्न सम्भव नहुने देखेपछि काठमाण्डौं गएको सागर सुनारले बताएका छन् । सागर बचाउ अभियानका अभियन्ता तथा दोधारा चाँदनी नगरपालिका– ४ का वडा सदस्य गगन बहादुर सिंहले आर्थिक संकलन कार्य जारी रहेको र केही दिनमा संकलन भएको रकम परिवारजनलाई बुझाईने बताएका छन् ।

दोधारा चाादनी नगरपालिका– ८ का वडा सदस्य तथा मृगौला पिडित सागर सुनार सरल र सज्जन ब्यक्ती हुन् । सागरको उपचारको सहयोग गर्ने ईच्छुकले मोवाईल नं. ९८०१९५४३४७ तथा ९८१०६८२९३६ मा सम्पर्क राख्न अनुरोध गरिएको छ् ।







