
दोधारा । वडामा उत्साहजन काम गर्दै आएको भन्दै स्थानियहरुले वडाध्यक्ष ेकशव खत्रीलाई सम्मान गरेका छन् । दोधारा चाँदनी नगरपालिका– ५ वडाको समग्र बिकास कार्यमा लगनशिल भएर काम गरेको भन्दै दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीलाई वडाबासीले कालो भादगाँउले टोपी लगाईदिएर सम्मान गरेका स्थानियबासी मोहन सुनारले जानकारी दिएका छन् ।

आज एक कार्यक्रमको बिच वडाध्यक्ष खखत्रीलाई सम्मान गरेका हुन् । वडामा नयाँ बाटो खोल्ने, वडामा रहेका अतिक्रमित जग्गा छुट्टाउने, आफुले पाउने सरकारी सेवा सुबिद्याबाट गरिब तथा बिपन्नहरुलाई सहयोग गर्दै आएका छन् ।

एक वर्षमा वडाध्यक्षले गर्दै आएको सामाजिक कार्यको उच्च प्रशंसा गर्दै वडाध्यक्षलाई वडाबासीले सम्मान गरिएको स्थानियबासी जोगेन्द्र भण्डारीले बताएका छन् ।







