भीनपा–१५ को नेकपा (माओवादी केन्द्र)को वडा कमिटी अध्यक्षमा भट्ट

कञ्चनपुर : भीमदत्तनगरपालिका वडा नं. १५को नेकपा (माओवादी केन्द्र)को वडा कमिटी अध्यक्षमा धर्मानन्द भट्ट चयन भएका छन् । लामो समय देखि वडामा सक्रिय भट्ट वडा कमिटीलाई एकजुट बनाउनमा निकै महत्वपुर्ण योगदान दिदै आएका थिए । शनिबार भएको भेलाले उनलाई अध्यक्षमा चयन गरेको छ् ।

धर्मानन्द भट्टको अध्यक्षतामा ११ सदस्यीय कमिटि गठन भएको छ । जसमा उपाध्यक्षमा अशोक कुमार (सुनार), सचिवमा पुष्पा लुहार, कोषाध्यक्षमा कालुराम चौधरी, सदस्यहरु खेउटे पार्की, लक्ष्मी लुहार, बसन्ती धानुक, हरिश गिरी, निर्मला के.सी., करिष्मा चौधरी र दिनेश चौधरी चयन भएका छन् । शनिबार बसेको भेलाले संंगठन सुदृढिकरण साथै आगामी दिनमा वडा कमिटी सदस्य पनि बढाएर लैजानु पर्नेमा जोड दिएको छ ।

नेकपा माओवादी पार्टीका प्रदेश समिति सचिवालाय सदस्य कौषल्या ओझाको अध्यक्षतामा विशिष्ट अतिथी प्रदेश समिति सदस्य आनन्द धामी, एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय समिति सल्लाहकार सदस्यद्वय गंगा दत्त भट्ट र टेक ब. चन्द,  नगर कमिटि सदस्य केशब भट्ट लगायतको उपस्थितीमा रहेको थियो ।

ताजा समाचार

spot_img