सुदूर पश्चिम समाजले धनगढीमा मनायो अन्तर्राष्ट्रिय होमोफोविया, टन्सफोविया र बायोफोवियाप्रति हुने घृण विरुद्धको दिवस


धनगढी : सुदूर पश्चिम समाज द्धारा आज धनगढीमा अन्तराष्ट्यि होमोफोविया, टन्सफोविया र बायोफोवियाप्रति हुने घृण विरुद्धको दिवश , सधै संगै ः विधितामा एकताबद्ध भन्ने थिमामा मनाएको छ । सन् १९९० मे १७ भन्दा अघि सम्म यस समदायको व्यक्तिहरुलाई मानसिक रोगको संज्ञा दिई विभिन्न उपचारको क्रममा यातना दिने कार्य हुने गर्दथ्यो । सन् १९९० मे १७ का दिन विश्व स्वास्थ्य संगठनले यौनिक तथा लैगिंक अल्पसंख्यक समुदाय हुनु भनेको कुनै मानसिक रोग नभई एक प्राकृति प्रक्रिया हो भनी उद्देघोग गरेको दिन हो । त्यसैले विश्व भरी नै आजको दिनलाई अन्तराष्ट्यि होमोफोविया, टन्सफोविया र बायोफोवियाप्रति हुने घृण विरुद्धको दिवशको रुपमा मनाईन्छ ।

यसै क्रममा सुदूर पश्चिम समाजले यौनिक तथा लैगिंक समुदायको साथीहरुलाई जमघट गराई नृत्य प्रतियोगिता गरी कार्यक्रमको आयोजना गरिएको हो। जसमा ३० जना भन्दा बढी समुदायको व्यक्तिहरु र विभिन्न संघ संस्थाको व्यक्तिहरु एक्यवद्धताको लागी उपस्थीती रहेको थियो ।

समाजमा अझ पनि यौनिक तथा लैगिक अल्पसंख्क समुदायले परिवार समाज, तथा राज्यबाट विभिन्न लाञ्छना तथा विभेद सहिरहनु परेको अवस्था छ । अझ पनि यस समुदायको व्यक्तिहरु पहुच सम्बन्धीत स्थानमा पुग्न सकेको छैन भने स्थानीय निकायहरुबाट पनि अझ यस समुदायलाई लक्षित गरी कार्यक्रम विनियोजन हुन सकेको अवस्था छैन।

यसले गर्दा झन समुदायको व्यक्तिहरु पछाडी परिरहेको अवस्था छ । यस समुदायको आर्थिक, सामाजिक उत्थान र एक स्वावलम्बन भई जीवनयापनको लागि सम्पूर्ण समुदाय, राज्य, स्थानीय निकाय , सरोकारवाला निकायहरुको एक्यवद्धता आवश्यक छ ।


ताजा समाचार

spot_img