सहयात्रा नेपालले मनायो होमोफोबिया ट्रान्सफोबिया र बिफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवस


महेन्द्रनगर : होमोफोबिया ट्रान्सफोबिया र बिफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवस कञ्चनपुरमा पनि मनायोको छ।

बुधबार कञ्चनपुर जिल्लामा सहयात्रा नेपालले विभिन्न कार्यक्रमका साथ होमोफोबिया ट्रान्सफोबिया र बिफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवस ” सँधै सँगै विविधतामा एकताबद्धता” भन्ने मुल नाराका साथ उक्त दिवस मनाइयोको सहयात्रा नेपालका कार्यक्रम संयोजक चाल्स बोन सिजापतिले बताउनु भयो।

उनका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा मनाइने उक्त दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ। जसमा कञ्चनपुरमक पनि सहयात्रा नेपालले फेस पेन्टिङ , फोटोग्राफी र रेम्बो आर्ट गरि अतिरिक्त क्रियाकलाप गरेर मनाएको हो।

मे १७ मा लैंगिक तथा याैनिक अल्पसंख्यक समुदायका व्यक्तिलाई हुने लान्छना तथा भेदभाव विरुद्धको अन्तर्राष्ट्रिय दिवस हाे । सन १९९० काे मे १७ मा विश्व स्वास्थ्य संगठनले समलैंगिकतालाई मानसिक राेगकाे सुचि बाट हटाएर यो प्राकृतिक भएको निष्कर्ष निकालेको थियोे । यसकै सम्झना स्वरुप सन् २००५ मा पहिलोपटक यो दिवस मनाइयो जसमा संसारभर करिब १४,००० जनाकाे सहभागीता रहेको थियो ।

त्यसपछि सन २००९ मा ट्रान्सजेण्डर व्यक्तिलाई फ्रान्सले यो हुनु भनेको प्राकृतिक कुरा हाे भन्दै विश्व मै पहिलो मुलुक बनेर घाेषणा गरेको थियोे । त्यसपछि क्रमश: दुईलिङ्गी अन्तरलिंगी समुदायका बारेमा पनि यस्ता फैसला भएका छन । यहि दिवसको अवसरमा समलिङी तेस्रोलिङी तथा द्विलिङिहरु प्रती गरिने घृणा विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा यौनिक तथा लैङ्िगक अल्पसंख्यक समुदायले मानवअधिकार प्रत्याभूति र लान्छना भेदभाव विरुद्ध परिवार ,समाज राज्यको ध्यानाकर्षण समेत गराइएको छ।


ताजा समाचार

spot_img