दोधारा चाँदनीमा सुद्दढ परियोजनाको समिक्षा संगै भावी योजना माथी छलफल


दोधारा । दोधारा चाँदनी नगरपालिकामा डिसीए नेपालको सहयोग र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाले संचालन गरेको बाढीबाट हुने धनजनको पुर्व तयारी तथा तटिय क्षेत्रमा बसोबास गर्दै आएका स्थानियहरुको जिविकापार्जन कार्यहरुको सममिक्षा संग परियोजनाको भावी योजनाको बारेमा स्थानिय सामुदायिक बिपद् ब्यवस्थापन समिति तथा जनप्रतिनिधीहरु छलफल गरिएको छ् ।

दोधारा चाादनी नगरपालिकामा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा गरेको बाढीबाट हुने धनजनको पुर्व तयारी तथा तटिय क्षेत्रमा बसोबास गर्दै आएका स्थानियहरुको जिविकापार्जन कार्यहरुको समिक्षा संगै परियोजनाको भावी योजनाको बारेमा स्थानिय सामुदायिक बिपद् ब्यवस्थापन समिति तथा जनप्रतिनिधीहरु छलफल गरेको नेपाल नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले जनाएका छन् ।

दोधारा चाँदनी नगरपालिकामा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजना अन्तर्गत महाकाली नदी र जगबुडा नदीका तटिय क्षेत्रका बसोबास गर्ने स्थानियहरुलाई बिपद्बाट जोगाउन र सामुदायिक बिपद् ब्यवस्थापन समिति तथा कृषक समुह मार्फत उनिहरुको जिविकापार्जनको लागी परियोजनाले सहयोग गर्दै आएको छ् । परियोजना मार्फत बिपद्बाट आवश्यक तालिम, उद्धार समाग्री तथा कृषी उत्पादन तथा बजारिकरणमा सघाउदै आएको छ् । समुदायलाई उनिहरुको माँग अनुसार उनिहरुको आर्थिकपार्जन संग जोड्ने तथा बिपद्को पुर्व तयारीको लागी आवश्यक सहयोग गर्ने परियोजनाले नगर क्षेत्रमा कार्य गर्दै आईरहेको छ् ।

समिक्षा तथा भावी योजना माथी छलफल कार्यक्रममा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का कार्यकारी निर्देशक आशोक बिक्रम जैरु, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनार, प्राबिधिक गणेश ठगुन्ना, डिसी नेपालका दिनेश गुरुङ्ग, डिसीए डेनमार्कमा सल्लाहकार विड्नी लगाएत स्थानिय बिपद् ब्यवस्थापन समितिका पदाधिकारी रहेका थिए ।

यस्तै नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डिसीको टोलीले दोधारा चाँदनी नगरपालिकाका जनप्रतिनिधीहरु संग भेट गरि परियोजनाले गरेको काम र भावी योजना सम्बन्धी छलफल गरेको हो ।


ताजा समाचार

spot_img