
दोधारा । दोधारा चाँदनी नगरपालिकामा नेपाल प्रहरीले भारतिय नागरिक सहित ब्राउन सुगर बरामद गरेको छ् । दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर बस्तीमा पिलिभित भारत निवासी वर्ष अन्ताजी ३२ का मन्तोष हिरालाई ३७ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ नेपाल भित्र्याउदै गरेको अवस्थामा पक्राउ गरेको छ् ।

सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट असई दिपेन्द्र चन्दको कमाण्डमा गएको टोलीले भारतिय नागरिक मन्तोष हिरालाई पक्राउ गरेको छ भने उनि संग भएको ३७ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ् ।

ब्राउन सुगर सहित पक्राउ परेको भारतिय नागरिक हिराको अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक अर्जुन सिंह साँउदले जानकारी दिएका छन् । (फाईल फोटो)







