दोधारा चाँदनीमा प्लाष्टिक झोला उत्पादन, आयात तथा बिक्रि बितरणमा रोक लगाउने


दोधारा । दोधारा चाँदनी नगरपालिकामा माइक्रोन भन्दा पातलो प्लाष्टिकको झोला उत्पादन, आयात, बिक्रि–वितरण तथा प्रयोगमा निषेध गरेको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालय नगरकार्यपालिकाको बैठकले माइक्रोन भन्दा पातलो प्लाष्टिकको झोला उत्पादन, आयात, बिक्रि–वितरण तथा प्रयोगमा रोक लगाउने निर्णय गरेको छ् ।

‘नेपाल सरकारको राजपत्रमा मिति २०७८/५/२८ गते प्रकाशित सुचना अनुसार ४० माईक्रोन भन्दा पातलो प्लाष्टिकको झोला उत्पादन, आयात, बिक्रि–वितरण तथा प्रयोगमा प्रतिबन्द्धको सम्बन्धमा यस नगरपालिकाको नगरकार्यपालिकाको मिति २०७९/१२/२८ गते बसेको बैठकबाट समेत उक्त प्रतिबन्धीत प्लाष्टिकका झोला प्रयोग नगरर्न, नगराउन भनि निर्णय भएकोले सम्बन्धीत सबैको लागी जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ्’

दोधारा चाँदनी नगरपालिका कार्यालयले जारी गरेको सुचनामा भनिएको छ् ।


ताजा समाचार

spot_img