

दोधारा । दोधारा चाँदनी नगरपालिकाले भन्सार कार्यालय सुचारु गर्न पहल गर्ने बताएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यपालिकाको आजको बैठकले नगर क्षेत्रमा अस्थायी भन्सार कार्यालय सुचारु गर्न संघिय सरकारलाई पहल गर्ने जनाएको छ् । दोधारा चाँदनी नगरपालिकाका स्थानियबासीलाई भन्सारको सेवा सुबिद्या लिन गड्डाचौकी जानुपर्ने हुदा निकै समस्या भएको कारण अस्थायी भन्सार कार्यालय सुचारु गर्नको लागी संघिय सरकारमा पहल गर्ने निर्णय भएको दोधारा चाँदनी– २ का वडाध्यक्ष पदम रावलले जनाएका छन् ।

दोधारा चाँदनी नगरपालिका–५ मा भन्सार कार्यालयको जग्गा सहित जिर्ण अवस्थामा भवन रहेको छ् भने वडा नं. ७ बाबाथान बजार नजिक जग्गा सहित भन्सार कार्यालय भवन रहेको छ् । बिगतका दिनहरुमा तत्कालिन माओबादी र सरकार बिच द्धन्द्धको समस्या देखाएर बिस्तापित भएका भन्सार कार्यालय अझै सम्म पुर्नस्थापना हुन सकेको छैन् ।

केही दिन देखि सशस्त्र प्रहरी र स्थानियबासी तथा ब्यापारीको बिच सिमावर्ती भारतिय बजारबाट दैनिक उपभोग्य ओसार–पसारको बिबादको कारण दोधारा चाँदनी नगरपालिकाले भन्सार सुचार गर्न संघिय सरकारलाई पहल गर्ने निर्णय गरेको एकथरीको भनाई रहेको छ् ।







