दोधारा चाँदनीमा जंगली चित्तलको उद्धार


दोधारा । दोधारा चाँदनी नगरपालिकामा जंगली चित्तलको उद्धार गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ६ स्थित संगम टोलमा जंगली चित्तलको उद्धार गरिएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक अर्जुन सिंह साँउदले जानकारी दिएका छन् । नेपाल प्रहरी, नेपाली सेना र स्थानियहरुको सहयोगबाट जंगली चित्तलको उद्धार गरिएको बताईएको छ् ।

ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रसनि हिक्मत सिंह बुडालको कमाण्डमा गएको टोली सहित नेपाली सेना र स्थानियहरुको. सहयोगमा उद्धार गरिएको प्रहरीले जनाएको छ् ।

जंगली चित्तललाई सकुशल उद्धार गरिएको चित्तललाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयको टोलीलाई बुझाईएको छ् ।

 


ताजा समाचार

spot_img