दोधारा चाँदनीमा सशस्त्र प्रहरीको व्यहार परिवर्तन नभए कडा आन्दोलनको चेतावनी


दोधारा । दोधारा चाँदनी नगरपालिकाको सिमावर्ती भारतिय बजारबाट सशस्त्र प्रहरीले तस्करी गराएको र स्थानियहरुलाई सताउदै आएको आरोप लगाउदै दोधारा चाँदनी नगरपालिकाका मेयर, उपमेयर लगाएत नगर प्रबक्ताका टोलीलाई स्थानिय तथा ब्यापारीहरुले आफ्नो समस्या पोखेका छन् । दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत खुला सिमा क्षेत्रमा सशस्त्र प्रहरीले स्थानिय तथा ब्यापारीहरुलाई अनाहकमा सताउदै आएको उनिहरुले बताएका छन् । ठुला ब्यापारीहरुलाई मोटो रकम लिएर तस्करी गराउने र समान्य ब्यापारी तथा घरायसी समान ल्याउनेहरुको समान सहित मोटरसाईकल भन्सार पठाईदिने गरेको भन्दै स्थानिय तथा ब्यापारीहरुले आज दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा देबी जोशी लगाएत वडाध्यक्षलाई भेट गरि समस्या समाधान नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

१० केजी बोईलरको कुखुरा लिएर सिमावर्ती भारतिय बजारबाट आउदै गर्दा सिमा क्षेत्रको २ किलोमिटर नेपाल भित्र सशस्त्र प्रहरीले कुखुरा सहित नेपाली नम्वर प्लेटको मोटरसाईकल भन्सार पठाएको दोधारा चाँदनी– २ का स्थानियबासी शान्ती सुनारले बताएका छन् । ‘घरमा पाहुना आएको बेला सस्तोमा दर भाउमा सिमावर्ती भारतिय बजारबाट १० किलो कुखुरा ल्याउदै गर्दा सशस्त्र प्रहरीले कुखुरा सहित नेपाली प्लेटको मोटरसाईकल भन्सार पठाएर जफ्त गरेको छ्’ शान्ती सुनारले भने । सिमा क्षेत्रमा भारतिय सिमा सुरक्षा बल (एसएसबी) ले दैनिक उपभोग्य समान ल्याउदा केही भन्दैन् तर सशस्त्र प्रहरीले मन परेको मान्छेलाई जाने दिने र मन नपरेको मान्छेलाई रोकेर सताउदै आएको सुनारले गुनासो छन् । अर्का स्थानियबासी तथा चाँदनी बजार ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर बुढाथोकी सिमा क्षेत्रमा सशस्त्र प्रहरीले आमजनतालाई सताउदै आएको आरोप लगाएका छन् ।

सिमा क्षेत्रमा आमजनतालाई सशस्त्र प्रहरीले बिनासित्तै सताउदै आएको बिषयमा आफुहरु गम्भिर रहेको बताउदै सशस्त्र प्रहरीको आचरण नसच्चीए चरणबद्ध आन्दोलन गर्ने कृष्ण बहादुर बुढाथोकी चेतावनी दिएका छन् । ‘या त, सिमा पुर्णरुपमा बन्द गर, या, भन्सारको ब्यवस्था गर, या त, चल्दै आएको ब्यवस्था कायम गर्’ उनले भने–‘सशस्त्र प्रहरीको ज्यादती बिरुद्ध हाम्रो आन्दोलन हो ।’ दोधारा चाँदनी नगरपालिका कार्यालयको सभा कक्षमा संचालन भएको कार्यक्रममा सशस्त्र प्रहरीले गर्दै आएको ज्यादती रोक्न स्थानिय सरकारलाई माँग गरेका छन् । दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष तथा नगर प्रबक्ता ओंम बस्नेतले सिमा क्षेत्रमा सशस्त्र प्रहरीको हरेक गतिबिधीमा आफुहरुले देख्दै र सुन्दै आएको भन्दै स्थानियहरुलाई सशस्त्र प्रहरीले गर्दै आएको व्यहारमा परिवर्तन गर्न जरुरी रहेको बताएका छन् ।

सशस्त्र प्रहरी संघिय सरकारको मातहतमा रहने हुदा स्थानिय सरकारले सिमा क्षेत्रमा हुदै आएको आमजनताको समस्या र सशस्त्र प्रहरीको बिरुद्धमा भईरहेको बिरोधको बारेमा चाडै छलफलमा ल्याउने नगर प्रबक्ता ओंम बस्नेतले बताएका छन् । बिगत लामो समय देखी सिमावर्ती भारतिय बजारबाट स्थानियहरुले दैनिक उपभोग्य समान खरिद बिक्रि गर्दै आएको र हाल २/४ महिना यता सशस्त्र प्रहरीले दैनिक उपभोग्य समान खरिद गरि ल्याउदा सशस्त्र प्रहरीले सताउने र मन नपरेकाहरुका समान सहित मोटरसाईकल भन्सार पठाईदिने चरम अमानविय कार्यको बिरोध गरेको स्थानियबासी गोबिन्द भट्टले बताएका छन् । सशस्त्र प्रहरीले सताएको आरोप लगाएर आज दोधारा चाँदनी नगरपालिका कार्यालयमा झण्डै २ सय हाराहारीमा स्थानिय, ब्यापारीहरुको सशस्त्र प्रहरीको बिरोध जनाउदै सशस्त्र प्रहरी सच्चीनु पर्ने माँग राखेका छन् ।

‘दोधारा चाँदनी नगरपालिकामा रहेका सुरक्षा निकाय, जनप्रतिनिधी, स्थानिय, सर्वदलिय नेतागण र ब्यवसायी बिच दोधारा चाँदनी नगरपालिका कार्यालयले चाडै समन्वय गरि यहाँका सरसमानहरु खाद्यान्न, कृषि उपज, पशुपन्छी, व्यवसायीहरुका वैद्यानिक सरसमानहरुलाई कसरी स्थानिय जनताहरुको पहुचहुने गरी वातावरण सृजना गर्न सकिन् र अस्थायी भन्सारको माँगको लागी स्थानिय सरकारले सम्बन्धीत निकायलाई पहल गर्न बारे सर्वसम्मत निर्णय पारित गरियो’ आजको स्थानिय, ब्यापारी सहित मेयर, उपमेयर, वडाध्यक्षको बैठकले निर्णय गरेको छ् । यता सशस्त्र प्रहरीले भारत संग जोडिएको दोधारा चाँदनी नगरपालिका सिमावर्तीमा कडाई गर्न थालेको सामाचार श्रोतको भनाई रहेको छ् ।

 


ताजा समाचार

spot_img