नेपाल रेडक्रस दोधारा उपशाखाको सभापती पदमा पुन : मल्ल निर्वाचित


दोधारा । नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाको सभापति पदमा राजेन्द्र मल्ल निर्वाचित भएका छन् । नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाको २३ औं वार्षिक साधारण सभाको सम्पन्न निर्वाचनमा राजेन्द्र मल्ल निर्वाचित भएको मतदान अधिकारी रघुनाथ भट्टले जानकारी दिएका छन् । यस्तै उपसभापति पदमा कमला उपाध्याय, सचिवमा मोहन सुनार, उप–सचिवमा उदय रावत, कोषाध्यक्ष पदमा रमेश उपाध्याय, उप–कोषाध्यक्षमा सरोज श्रेष्ठ चयन भएका हुन् ।

सदस्य पदमा श्रीनाथ बराल, गंगा रावत, मोति सुनार र मणिराज पण्डित चयन भएको मतदान अधिकारी रघुनाथ भट्टले बताएका छन् । नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाको २३ औं वार्षिक साधारण सभाको निर्वाचनमा सभापति, उपसभापति, कोषाध्यक्ष र उपसचिव पदका लागी निर्वाचन भएको थियो ।

निर्वाचित राजेन्द्र मल्लको प्रतिद्धन्द्धी हरिप्रसाद रहेका थिए । रेडक्रस सोसाईटी दोधारा उपशाखाको साधारण सभाको निर्वाचनका मतदान अधिकृत रघुनाथ भट्ट रहेका थिए भने, निर्वाचन अधिकृत धन बहादुर जप्रेल रहेको थियो । निर्वाचित पदाधिकारीहरुलाई प्रमाण प्रत्र सहित अबिर लगाएत बधाई दिईएको थियो ।

 


ताजा समाचार

spot_img