विराटनगरमा जारी राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा सुदूरपश्चिमको पहिलो जित


कञ्चनपुर : विराटनगरमा जारी गिरिजा प्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले पहिलो जित निकालेको छ।

शुक्रबार विहान भएको समुह बी अन्तर्गतको खेलमा सुदूरपश्चिमको टोली विजयी भएको र घरेलु मैदानमा कोशी प्रदेशको टोली लाई सुदूरपश्चिमले १ काविरुद्ध ३ गोलले सुदूरपश्चिमसंग कोशी प्रदेश पराजित भएको हो।

उक्त सम्पन्न खेलमा उत्कृष्ट खेलका साथै जित हात पारेको सुदूरपश्चिम टिमका लागि महेश नेपाली, सागर बोहरा, र अमित ओझाले समान एकएक गोल गरेका थिए । घरेलु मैदानमा पराजित कोशीका लागि विसु घिमिरेले सान्तवना १ गोल फर्काएका थिए।

समूह बीमा ३ अंकसहित सुदूरपश्चिम पहिलो स्थानमा रहेको छ। त्यसैगरि, बिहीबारको खेलमा बराबरी खेलेका कोशी प्रदेश र मधेश प्रदेश समान १ अंकमा रहेको छ ।

नेपालमा पहिलोपटक रात्रीकालिन रुपमा हक्कीको खेल समेतको आयोजना गरेको छ। आयोजकका अनुसार रात्रीकालिन खेलका लागि कोशी प्रदेश सरकार अन्तर्गत रहेको सामाजिक विकास मन्त्रालयमा समेत अनुमति माग समेत गरिएको छ।


Loading Viewer...

ताजा समाचार

spot_img