
दोधारा । दोधारा चाँदनी नगरपालिका– ५ का टोल बस्तीमा सेन्सर सडक बत्ती जडान गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ५ वडा कार्यालयको सहयोगमा वडाका टोल बस्तीमा ११ थान सेन्सर सडक बत्ती जडान गरिएको दोधारा चाँदनी– ५ वडाध्यक्ष केशव खत्रीले जनाएका छन् ।

वडाको सडकहरुमा दुर्घटना न्युनिकरण तथा उज्यालो वडा बनाउन कुम्भेखेडा टोल, टाटा टोल, मोहन टोल, धुब्रतारा स्कुल नजिक, मलेरिया नाला टोल, माननिय चौराहबाट महाकाली नदी जाने बाटोको सडकहरुमा ११ थान सेन्सर सडक बत्ती जडान गरिएको वडाध्यक्ष खत्रीले बताएका छन् ।

बत्तीहरु जडान भएपछि उज्यालो वडा संगै रातीको समयमा हुन सक्ने चोरी, लुटपाट, झगडा, लगाएतका बिभिन्न समस्या समाधानको लागि पनि सडक बत्तीहरु सहयोगी बन्ने स्थानियहरुको भनाई छ् ।







