दोधारा चाँदनीमा सशस्त्र प्रहरीको ज्यादती : ज्यादती रोक्न ज्ञापन पत्र


दोधारा । दोधारा चाँदनी नगरपालिकामा सशस्त्र प्रहरीले ठुला ब्यापारीलाई केही नभन्ने र स्थानियबासीलाई भारतिय सिमावर्ती बजारबाट दैनिक उपभोग्य समाग्री लिदा समेत मोटरसाईकल भन्सार पठाईदिने गरेको आरोप छ् । दोधारा चाँदनी नगरपालिकाको सिमावर्ती बजारबाट थोरै समान लिदा समेत सशस्त्र प्रहरीले मोटरसाईकल समेत भन्सार गरेको स्थानियहरुको आरोप छ् । ठुला ब्यापारीहरुलाई लाईने दिने र दैनिक उपभोग्य सामग्री लिन जाँदा मोटरसाईकलनै जफत गर्ने गरेको स्थानियबासी गोबिन्द भट्टले बताएका छन् ।

सशस्त्र प्रहरीले सिमा क्षेत्रमा ठुला ब्यापारीहरुबाट मोटो रकम असुल्दै गरेको स्थानियहरुको आरोप छ् । दोधारा चाँदनी नगरपालिकाको सिमावर्ती भारतिय बजारबाट साँगपात तथा अन्य दैनिक उपभोग्य समाग्री लिएर फर्कदै गर्दा सशस्त्र प्रहरीले दैनिक उपभोग्य सामग्री सहित मोटरसाईकल भन्सार पठाउने गरेको अर्का स्थानिय खेमराज बाघ बताएका छन् । भारतिय सिमा सुरक्षा बल एसएसबीले दैनिक उपभोग्य समान ल्याउन दिने गरेको र सशस्त्र प्रहरीले समान सहित मोटरसाईकल भन्सार पठाउने गरेको स्थानिय खेमराज बाघले बताएका छन् ।

आज दोधारा चाँदनी नगरपालिका कार्यालयमा स्थानियहरु पुगी दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशी, प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र लगाएत संग भेट गरि सशस्त्र प्रहरीको चरम आतंक बन्द गर्न माँग राख्दै ज्ञापन पत्र बुझएका छन् । साथै उनिहरुले भन्सार कार्यालय स्थापना गर्नु पर्ने, सिमावर्ती भारतिय बजारबाट दैनिक उपभोग्य सामग्री खरिद गरि ल्याउन पाउनु पर्ने माँग राखेका छन् ।

बिगत केही महिना देखि स्थानियहरुले सशस्त्र प्रहरीले सिमा क्षेत्रमा अनाहमा स्थानियहरुलाई सताउदै आएको आरोप लगाउदै आएका छन् ।


ताजा समाचार

spot_img