
दोधारा । दोधारा चाँदनी नगरपालिकामा निशुल्क लोकसेवा तयारी कक्षा सुरु भएको छ । खरिदार तथा नायब सुब्बा (चौथो/पाँचौ तह) का विज्ञापनका लागी लक्षित गरि संचालन गरिएको लोकसेवा तयारी कक्षा आजबाट सुरु भएको हो । दोधारा चाँदनी नगरपालिका कार्यालयको चालु आर्थिक वर्षको स्वीकृत बार्षिक निति अन्तर्गत लोकसेवा तयारी कक्षा संचालन गरिएको दोधारा चाँदनी नगरपालिकाका नगरउपप्रमुख गंगा देबी जोशीले जानकबारी दिएका छन् ।

४५ दिन सम्म संचालन हुने कक्षा तयारीका लागि नगर क्षेत्रमा रहेका १ सय ४० जनाले निवेदन दिएका थिए जसमा १ सय ४५ जना सहभागी भएका छन् । ४ समुह मार्फत कक्षा संचालन गरिने बताईएको छ् । सरकारी सेवामा केही गरौं भन्ने भावना बोकेका युवाहरुलाई लक्षित गरि निशुल्क लोक सेवा तयारी कक्षा संचालन गरिएको उपप्रमुख जोशीले बताएका छन् । एक कार्यक्रमको बिच निशुल्क लोकसेवा तयारी कक्षा सुरु भएको हो ।

कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगरउप्रमुख गंगा देबी जोशी, प्रमुख प्रकासकिय अधिकृत गणेश दत्त मिश्र, योजना अधिकृत भान देब भट्ट, शिक्षा शाखाका शाखा प्रमुख हरिदत्त जोशी लगाएत सहभागीहरुको उपस्थिती रहेको थियो ।







