कञ्चनपुर: कञ्चनपुरको दक्षिणी भेग बेलौरीबाट अन्दाजी १ सय ६४ किलो अबैध कुखुरा बरामद गरेर नष्ट गरिएको छ ।पुनर्वास,बेलौरी कुखुरा ब्यवसाय उपसमिति का पदाधिकारीहरु र ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएका सयुक्त टोलीले बेलौरी नगरपालिका वडा नं ६ भुराकोट बाट पक्राउ गरी अबैद्य ब्रोइलर कुखुरा नष्ट गरेको हो ।

राति करिब २ बजे भारतबाट नेपालतर्फ अबैद्य रुपमा से ०४ प ५६८३ नम्बरको हिरो होन्डा मोटरसाइकल प्रयोग गरी लुकीछिपी ल्याउदै गरेको अवस्थामा समिति र प्रहरीले पक्राऊ गरी कारवाहीको लागि ईलाका प्रहरी कार्यालय बेलौरी लाई बुझाईएको थियो। गस्ती टोली लाई देखेपछि कुखुरा छोडी भाग्न खोज्दा कुखुरा सहित बेलौरी नगरपालिका वडा नं २ बस्ने कृष्ण चौधरी पक्राउ परेको पुनर्वास,बेलौरी कुखुरा ब्यवसाय उपसमिति का अध्यक्ष प्रकाश तामाङले जानकारी दिनुभयो।

प्रहरीले बरामद गरी नष्ट गरिएको १६४ किलो कुखुराको अन्दाजी मुल्य ४२ हजार ५सय पर्ने ईलाका प्रहरी कार्यालय बेलौरी का ईन्चार्ज सन्दिप चन्द्र शाहले बताउनुभयो । उहाका अनुसार कुखुरा नष्ट गरिएको छ मानिस र मोटरसाइकललाई आवश्यक कारवाहिको लागि भन्सार कार्यालय पठाईने जानकारी दिनुभयो।बरामद गरिएको कुखुरा बेलौरी उधोग वाणिज्य संघका प्रतिनिधि, जनप्रतिनिधि, बेलौरी पुनर्वास कुखुरा ब्यवासायी उपसमितिका पदाधिकारीहरु,पशु क्वारेन्टाइनका प्रतिनिधि, स्थानीय सञ्चारकर्मी लगायतको उपस्थितिमा खाल्टो खनी कुखुरालाई नष्ट गरिएको हो।







